पोखरा चैत्र २९,
पोखरा महानगरपालिका वडा नं २५ हेमजा सुईखेतमा आज विहान भएको सवारी दुर्घट्नामा ७ जना घाईते भएका छन् । आज विहान अन्दाजी २ः५० बजेको समयमा काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको ग २ ख १६३० नं.को बस सुईखेतमा दुर्घट्ना ग्रस्त भएको थियो । दुर्घट्नाको खवर पाएपछि वडा प्रहरी कार्यालय वगरको टोली घट्नास्थल पुगेको थियो । रातको समयमा वसका चालकले नियन्त्रण गुमाउदा वस सडकको बाँया साईडमा पल्टिएको कास्की प्रहरीले जनाएको छ । यसरी वस पल्टन जाँदा बसमा सवार ७ जना व्यक्तिहरू घाईते भएको प्रहरीले जनाएको छ । उनिहरुलाई उपचारको लागी पोखरा स्थित गण्डकी मेडिकल कलेज ल्याएको र वसका चालक वेनी नगरपालिका वडा नं ६का राजकुमार गैरेला नियन्त्रणमा लिएर अनुसन्धन गरिएको समेत प्रहरीले जनाएको छ । उक्त वस दुर्घट्नामा घाईते हुनेहरुमा
बागलुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. ३ तमान बस्ने बर्ष २५ की रीता घर्ती,म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ५ देवीस्थान बस्ने बर्ष ३० को भिम कुमार बुढा, सोही ठाँउ वस्ने. बस्ने बर्ष बर्ष ६ को निश्चल फगामी, निर्मला फगामी, सुमित्रा फगामी, म्याग्दी जिल्ला मालिका गाउँपालिका १ दरवाङ् बस्ने नर बहादुर पुन, र सोही ठाँउ वस्ने कृष्ण कुमारी पुन रहेको प्रहरीले जनाएको छ ।