पोखरा , कार्तिक २६,
पोखरा–मुग्लिन राजमार्ग स्तरोन्नती आयोजना अन्तरगत पोखरा महानगरपालिका वडा नं.९ र १० जोड्ने सेती नदी पुलको शिलान्यास गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले एक कार्यक्रमका विच शनिवार शिलान्यास गरे । पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले तोकिएको समयमा पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी लगायत सरोकारवालाहरूलाई निर्देशन दिएका छिन् । निर्माण कार्य समयमा सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पुरै सहयोग रहने वताउदै मन्त्री ज्वालाले पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने वताए ।
पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै मन्त्री ज्वालाले पोखरालाई पर्यटनको राजधानी सहर घोषणा गरिनु पर्ने समेत वताउदै नेपाल सरकारलाई यसको औपचारिक घोषणाका लागि आवश्यक पहल गर्न आफूले पहल गर्ने भन्दैे प्रदेश सरकार र महानगरपालिकालाई पोखरालाई पर्यटनको राजधानी घोषणाका लागि दबाब दिन काठमाण्डौमा डेलीगेसन आउन आग्रह गर्दै आफुले यस काममा दवाव दिने वताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सवै खाले स्थानीय अवरोधहरूको समाधान गरिदिने वताए । स्थानीय अवरोधका कारण पुल निर्माण कार्यलाई ढिलाइ हुन नदिने प्रमुख आचार्यले वताए । सेती नदीमाथि बन्ने सिग्नेचर ब्रिजले पोखराको थप सौन्दर्ययता बढाउने प्रमुख आचार्यले विश्वास व्यक्त गरे ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिध्या भट्टराई, गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात मन्त्री रेशम जुगजाली, प्रदेश सभा सदस्य बिन्दु कुमार थापा, सडक बिभागका महानिर्देशक सुशिलबाबु ढकाल लगायतले संवोधन गरेका थिए ।
पुल निर्माणको कार्य २०८२ भाद्र २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रा.ली काठमाण्डौले ठेक्का पाएको छ । यस अवधिमा सेतीमा मौजुदा पुलको दायाँबायाँ १९०÷१९० मिटरका २ वटा पुलहरू निर्माण हुनेछन् । पुलको कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ रहेको छ ।May be an image of 3 people

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।