पोखरा वैशाख १६,
बाग्लुङवाट तनहूँ जाँदै गरेको यात्रुवहाक वस शनिवार साँझ साढे सात वजेतिर पोखरा महानगरपालिका वडा नं २५ हेम्जा स्थित गुम्वा नजिकै दुर्घट्ना भएको छ । वाग्लुङवाट तनहूको शुक्लागण्डकी नगरपालिका जाँदै गरेको ३६ जना सवार रहेको ग १ ख ९२९७ नम्बरको रिर्जव वस अनियन्त्रित भई डिभाईडरमा ठोक्किइ सडकको बाँया साईडमा पल्टिन जाँदा बसमा सवार चालक र सह–चालक सहित १९ जाना घाईते भएको कास्की प्रहरीले जनाएको छ । घाईतेहरुको पोखराको गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । १९ जना मध्ये १६ जना गण्डकी मेडिकल कलेजमा र ३ जना स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुघ्ट्नाको लग्गतै वडा प्रहरी कार्यालय वगरवाट गएको प्रहरी टोलीले घाईतेहरुको उद्धार गरी उनिहरुलाई अस्पताल पु¥याएको थियो । प्रहरीले वसका चालक गोरखा जिल्ला बारपाक सुलिकोट गा.पा. वडा नं. ६ बस्ने बर्ष ४५ का चन्द्र बहादुर गुरुङलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त दुर्घट्नामा परि घाईते हुनेहरुमा सवै जना तनहुँ जिल्ला शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैचीका रहेको प्रहरीले जनाएको छ । यसरी घाईते हुनेहरुमा वर्ष ३९ की कमला सिग्देल, बर्ष ५० की.ईन्द्र कला भुजेल,े बर्ष ७७ कि.रुपा देबी सिग्देल, बर्ष २५ कि.प्रमिला सिग्देल,बर्ष४७ कि.सिता सिग्देल,बर्ष ६३ का लोकनाथ सिग्देल,बर्ष ५८ की सिता सिग्देल,बर्ष ५८ का खेमनारायण सिग्देल,े बर्ष २२ की स्वस्तिका सिग्देल ,बस्ने बर्ष ४८ की शान्ति सिग्देल, बर्ष ३० का सागर परियार, बर्ष ६० का पुर्णचन्द्र सिग्देल१३.ऐ.ऐ.बस्ने बर्ष ६१ को राम प्रसाद सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ,बर्ष ५८ की शारदा सिग्देल ,बर्ष ५७ का अग्नि प्रसाद सिग्देल ,बर्ष ४७ की लक्ष्मी सिग्देल,बर्ष ५० की बिष्णु सिग्देल ,बर्ष १८ की अनिषा गौतम र बर्ष ४३ की बिष्णु गौतम रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।