पोखरा पौष २६,
पोखरामा यतिवेला कर सम्वन्धि विवाद चर्केको छ । पोखरा महानगरपालिकाले २०८०÷०८१ का लागि लागु गरेको विभिन्न शिर्षकको कर तथा राजश्व वृद्धि भएको गुनासोका विच पोखरा महानगरपालिकाका केही कार्यपालिका सदस्यहरु र प्रमुख धनराज आचार्य विचमा विवाद वढेको छ । त्यतिवेला कार्यपालिका वैठकवाट सर्वसम्मतीले परित गरेर ल्याएको वजेटमा करका दरहरु परिवर्तन गरिएको थियो । नेपाली काँग्रेसका वडाअध्यक्षहरुले चु सम्म नवोलीकन वजेट परित गरे । तर हाल आएर पार्टिको दवाव पछि उनै वडाअध्यक्षहरुले करका दर घटाउनुपर्ने माग गर्दै वोर्ड वैठकनै वहिस्कार गरेका छन् ।
नेपाली काँग्रेसका वडा अध्यक्षहरुले कर घटाउने एजेण्डा आएमा मात्रै वैठकमा सहभागि हुने अन्यथा वैठक वहिस्कार गर्ने वताईरहेका छन् । नेकपा एमालेका वडा अध्यक्षहरु भने मौन देखिएका छन् । २०७९ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको सहयोगवाट चुनाव जितेका मेयर धनराज आचार्य र नेपाली काँग्रेसका वडा अध्यक्षहरु विच सुमधुर सम्वन्ध रहदै आएको थियो । सुरु वर्ष अर्थात आ. व. २०७९÷०८० को वजेटमा वडाहरुलाई विगतको तुलनामा अत्याधिक वजेट दिएर वडाअध्यक्षहरुको मन जितेका मेयर आचार्य एक वर्ष पछि उनै वडाअध्यक्षहरुको कारण अफ्ठ्यारोमा परेका छन् ।
यसै विच नेपाली काँग्रेस कास्की र पोखरा महानगर समितिले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै अनावश्यक रुपमा विभिन्न शिर्षकमा बृद्धि गरिएकोे राजश्व घटाएर जनताको पक्षमा निर्णय लिन माग गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वराल र पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेले संयुक्त रुपमा जारी गरेको ज्ञिप्तीमा पोखरा महानगरपालिका पोख्रेली जनताको अभिभावकीय संस्था भएकाले यसले पोख्रेली जनताको पक्षमा काम गर्नुपर्ने ध्यानाकर्षण गराउउदै पोखरा महानगरपालिकाले आ.व. २०८०÷०८१ का लागि वढाईएको राजश्व वृद्धि जनताको हितमा नभएकाले वढाईएको राजश्वमा पुर्नविचार गर्न नेपाली काँग्रेस कास्की र पोखरा महानगर समितिले २०८० साल श्रावण २८ गते जारी गरेको विज्ञप्ती मार्फत अनुरोध गरिएको भएपनि हाल सम्म पनि पोखरा महानगरपालिकाले आवश्यक निर्णय नगरेकाले यो विज्ञप्ती माफर्त पुन ध्यानाकर्षण गराउछौ भनि पौष २५ गते जारी गरेको विज्ञप्तीमा भनिएको छ । काँग्रेसद्धारा जारी बिज्ञप्तीमा पोखरा महानगरपालिकाले आगामी कार्यपालिका वैठक तथा नगर सभामार्फत अनाबश्यक रुपमा विभिन्न शिर्षकमा वृद्धि गरिएको राजश्व घटाएर जनताको पक्षमा निर्णय लिन अनुरोध गरेको छ । यस अनुरोधलाई वेवास्था गरिए काँग्रेसले जनताको पक्षमा जस्तोसुकै दवावमुलक कार्यक्रम गर्ने समेत चेतावनी विज्ञप्ती मार्फत दिईएको छ । पौष २४ गते मंगलवार काँग्रेसका वडाअध्यक्षहरुले वैठक वहिस्कार गर्ने र २५ गते नेपाली काँग्रेस कास्की र पोखरा महानगर समितिको संयुक्त बिज्ञप्ती आएपछि मेयर आचार्य दवावमा परेका छन् ।