पोखरा चैत्र १,
रंगहरुको पर्व होली (फागुपूर्णिमा)को अवसरमा एक आपसमा विभिन्न रंगहरु दलेर शुभकामना आदान प्रदान गर्ने तथा रमाईलो गरेर होली मनाईएको छ । नेपालका पाहाडी र हिमाली जिल्लाहरुमा सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
विहिवार पोखराका सडकमा विहानै देखी होलीको रौनक देखिएको छ । सामूहिक तथा ब्यक्तिगत रुपमा होली खेल्नेहरु विहानै देखि सडकमा देखिएका थिए । फागुपूर्णिमाको अवसरमा रेवान पोखराले लेकसाईडमा होली विषेश कार्यक्रमको आयोजना गरेको थियो । पोखराको लेकसाईड स्थित अम्वोटवाट विषेश कार्यक्रम गर्दै पर्यटन सम्वद्ध संघ संस्थाहरु लगायत विभिन्न संघ संस्था तथा अन्य मानिसहरु, स्वदेशी तथा विदेशी पर्यटकहरु होली कार्यक्रममा सहभागि भएका थिए । अम्वोटवाट सुरु भएको होली विषेश कार्यक्रममा रमाउदै होली खेल्दे सहभागिहरु क्यम्पिङ चौरमा जम्मा भएका थिए । उनिहरु नाचगान गर्दे एक आपसमा रङ दलेर रमाईलो गरेका थिए । रेवानले पोखरामा प्रत्येक वर्ष होलीको विषेश कार्यक्रम गर्ने गरेको छ । रेवनाले आयोजना गर्ने गरेको होली कार्याक्रममा नेपाल घुम्न आएका पर्यटकहरु निक्कै रमाईलो गरेर होली खेल्ने गर्दछन् । नेपाल पत्रकार महासंघ कास्कीले होलीका अवसरमा नेपाल पत्रकार महासंघ कास्कीको कार्यालय परिषरमा होली खेल्ने कार्यक्रम राखेको थियो । उक्त कार्याक्रममा पोखराका सञ्चारकर्मीहरु एक आपसमा होली खेलेर रमाएका थिए । त्यसै गरि पोखराको कोमागने पार्कमा धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ ।

प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको ’होलिल्याण्ड कार्यक्रममा करिब १५ हजार दर्शकले कार्यक्रममा भाग लिएको आयोजना संस्था प्रचार नेपालका संचालक आशिष पुरीले वताएका छन् । उक्त कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहेका थिए । होलीमा गरिएको कार्यक्रममा दर्शकले दिएको साथले आफूहरुलाई आगामी कार्यक्रम गर्न निकै हौसला थपेको स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले बताए ।
त्यसै गरि होलीकै अवसरमा साङ्गितीक कलाकार संघले पोखराको डिहिकोपाटनमा होली कार्यक्रम आयोजना गरेको थियो । अन्य धेरै सस्थाहरु तथा ब्यक्तिहरु स्वतस्फूर्त रुपमा होलमा रमाएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।