पोखरा वैशाख ७,
पोखरा महानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा यही वैशाख ११ गते देखि नयाँ शैक्षिक सत्रको पढाई सञ्चालन हुने भएको छ । महानगरपालिकको शिक्षा महाशाखाले महानगर भित्रका सवै विद्यालयहरुलाई आज एक सूचना प्रकाशित गर्दै सो कुराको जानकारी गराएको हो । सूचनामा २०८२ सालको शैक्षिक क्यालेण्डरमा २०८२ साल वैशाख ८ गतेवाट शैक्षिक सत्रको पठन पाठन सुरु गर्ने उल्लेख गरिएको भएपनि विद्यालयहरुमा विद्यार्थी भर्ना लगायतका अन्य पूर्वाधारको व्यवस्थापन गर्नका लागि समय अभाव भएकाले वैशाख ११ गते विहिवार देखि नियमित रुपमा पठन पाठन सुचारु गर्न भनिएको छ ।
महानगरपालिकाले महानगरपालिका भित्रका सवै संस्थागत तथा सामुदायीक विद्यालयहरुमा वैशाख ११ गते देखि नयाँ शैक्षिक सत्रको पढाई सञ्चालन गर्न निर्देशन दिए पनि सामूदायीक विद्यालयमा अध्यापन गर्ने शिक्षहरु काठमाण्डौ केन्द्रित आन्दोनमा रहेकाले सामूदायीक विद्यालयहरुमा वैशाख ११ गते देखिनै नियमित रुपमा पठन पाठन हुनेमा भने अन्यौलता देखिएको छ । लाखौ विद्यार्थी अध्ययन गर्ने सामूदायीक विद्यालयका शिक्षहरु शिक्षा ऐन संसदवाट अविलम्व पारित हुनुपर्ने विगतमा सरकारसंग गरिएका संझौताहरुको कार्यान्वयन हुनुपर्ने लगायतका आफ्ना सेवा सुविधाका माग गर्दै विगत १८ दिन देखि आन्दोलनमा रहेका छन् । जसका कारण विद्यार्थीहरुको पढाई प्रभावित भएको छ भने शिक्षकहरु आन्दोलनमा रहेकाले कतिपय सामुदायीक विद्यालयहरुमा भर्ना कार्यक्रम पनि प्रभावित भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।