पोखरा, फागुन २६,

नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पोखरामा क्रियाशील पत्रकारहरुका लागि भाषा सम्पादन तालिम शुक्रवारदेखि सुरु भएको छ । ३ दिन सम्म चल्ने तालिम पोखरा महानगरपालिकको सहयोगमा आयोजना गरिएको हो ।
तालिमको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै मुख्यमन्त्री अधिकारीले भाषिक एकताको सुरुवात आदीकवि भानुभक्तले गरेको वताए । नेपालको मद्य भाग भनेको गण्डकी प्रदेश हो भन्दै मुख्यमन्त्री अधिकारीले यै क्षेत्रवाट भाषालाई एकिकृत गर्ने काम भएको वताए । पत्रकारहरुले प्रयोग गर्ने भाषमा कमाण्ड हुनुपर्ने भन्दै मुख्यमन्त्री अधिकारीले आफुले प्रयोग गरेको भाषाको कारण दुर्घट्ना ननिम्तियोस् भन्ने कुरामा सचेत रहनुपर्ने वताए । भाषा अग्रगामी हुने र भाषाको विषयमा पत्रकार सक्षम हुनुपर्ने भन्दै मुख्यमन्त्री अधिकारीले नजानीकन भाषा संप्रेषण भईरहेको तर्फ सचेत हुनुपर्ने वताए । प्रदेशमा सरकार परिवर्तको चर्चा चलिरहेको भएपनि समसामयीक राजनितीका विषयमा खासै प्रवेश नगरेका मुख्यमन्त्री अधिकारीले बर्तमान ८ दलीय गठवन्धनलाई कमजोर तन्तुका साथ निर्माण भएको टिप्पणी गरेका थिए ।
तालिमका सहजकर्ता शरच्चन्द्र वस्तीले मुल संचार माध्यम भनेकै भाषा भएको वताउदै ।सबैखालको विषयगत रिर्पोटिङका लागि भाषा महत्वपूर्ण भएको बताए । समाचारमा भाषाको प्रयोग गर्दा अनर्थ नलाग्ने शब्दको प्रयोग गर्नुपर्ने आवश्यकतालाई वस्तीले जोड दिए । प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले संचारमाध्यममा आएका समाचारमा भाषाशैली स्तरिय नहुँदा समस्या आएको बताइन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोबिन्द सुवेदीले भाषा शुद्धिकरणमा तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे उनले समाचार लेखनमा भाषाको अज्ञानता हुँदा वेअर्थ लाग्ने गरेको वताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तथा तालिम संयोजक रामप्रसाद तिमिल्सेना र सञ्चालन सचिव माधव वरालले गरेका थिए । तालिममा पोखरामा क्रियाशील पत्रकारिता गर्दै आएका ५५ जनाको सहभागिता रहेको छ । तालिममा शरदचन्द्र वस्ती र बिमल आचार्यले सहजीकरण गरिरहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।