पोखरा श्रावण २६,
राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाको गण्डकी प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको पूर्व सन्ध्यामा सो कार्यक्रमका वारेमा जानकारी दिन आज विहान पोखरामा पत्रकार सम्मेलन गरिएको थियो । प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका सदस्य, बिभागका सदस्य, पालिका पदाधिकारी गरि २५० जना सहभागि हुने सो पार्टिका गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिए । प्रशिक्षण कार्यक्रमको समापन भोली पार्टि सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको जानकारी दिईयो । पत्रकार सम्मेलनमा मुलुकको वर्तमान समसामयीक परिस्थिती, राष्ट्रिय स्वतन्त्र र्पािटको अवस्था तथा गतिविधि लगायतका वारेमा राष्ट्रिय स्वतन्त्र पार्टिका उप सभापति तथा प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले जानकारी दिए । सो अवसरमा वोल्दै अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टिको गण्डकी प्रदेश समिति वनाउन गण्डकी प्रदेशमानै पार्टिका सदस्य जागरुक हुनुपर्नेु वताए । टिम वर्कवाटनै उदेश्य प्राप्ती हुन्छ भन्दै अर्यालले आफुहरु टिम वर्कमा विस्वास गर्ने वताए । पार्टिका निती सिदान्त , विचार र रास्वपाले गर्न खोजेको के हो त्यो वुझाउन प्रशिक्षण कार्यक्रम गर्न लागिएको उनले वताए । निरन्तर संसद अवरुद्ध भएकोमा असन्तुष्ठि ब्यक्त गर्दै अर्यालले रास्वपाले कुनै पनि विषय वस्तु सदनमै छलफल गरौ त्यही वाट निकास खोजौ भन्ने मान्यतामा रहेको वताए । कुनै एउटा पार्टिले आफ्ना निहित स्वार्थ राखेर सदन वन्द गर्ने कुरोको रास्व्पाले विरोध गरिरहेको वताए । मुलुकका जल्दावल्दा समस्याको वारेमा सदनमा छलफल गर्न नपाकोमा आफ्नो पार्टिले सरकार र सदन अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी संग स्पष्टताका साथ कुरा राखेको समेत अर्यालले वताए । रास्वपाले के गर्छ भन्ने कुराका लागि २०८४ साल कुर्न आग्रह गर्दै अर्यालले आफ्नो पार्टिले निरन्तर जनताका पक्षमा आवाज उठाएको भएपनि सरकारको नेतृत्व गर्न नपाएकाले जनताले आशा गरे अनुसारको परिणम दिन नसकेको वताए । २०८४ सालमा एकल वहुमत सिहतको सरकार वनाएर जनताका समस्या समाधान गर्दै मुलुकको कायापलट गर्ने मिसनमा रास्वपा रहेको समेत अर्यालले वताए । संसदीय समितिमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले भागवण्डा गरेको चौथो ठूलो दललाई कुनै वास्ता नगरिएकोमा अर्यालले आपत्ति जनाए । प्रधानमन्त्रीले र्दुइवटा समितिको सभापतिको प्रस्ताव गरेको भएपनि अन्तमा आएर आफ्नो पार्टिसंग नसोधिएको दुखेसो अर्यालले सुनाए । आफ्नो पार्टिले जनताका आवाजलाई राज्य सत्ता सम्म पु¥याउन सामाजिक सञ्जालको सदूपयोग गरेको उप सभापति अर्यालले वताए । प्रदेश संरचना आफ्नो पार्टिलाई पटक्कै मन नपरेको भन्दै अर्यालले आगामी २०८४ सालको निर्वाचन हुनु केही समय पूर्व प्रदेश संरचनाका वारेमा रास्वपाले स्पष्ट धारणा ल्याउने वताए । कार्यक्रममा केन्द्रिय प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह, प्रदेश अध्यक्ष राजन गौतम र प्रशिक्षण कार्यक्रमका संयोजक हेम सुवेदीले वोलेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।