पोखरा कार्तिक २८,

कास्की २ मा ५ दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रीनाथ बराल आईतवार पोखरा महानगरपालिका वडा नं १५ को घरदैलोमा जनतासंग मत मागिरहेका छन् । उनको साथमा प्रदेश सभा १ का उमेद्धवार विश्वप्रकाश लामिछाने सहित नेपाली काँग्रेस को समानुपातिक तर्फकी उमेद्धवार वृन्दादेवी राना आले, नेकपा एकिकृत समाजवादीकी समानूपातिक तर्फकी उमेद्धवार रत्ना गुरुङ, नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तुल वहहादुर गुरुङ, चुडामणी जंगली जिल्ला अध्यक्ष खड्ग हमाल, नेपाली काँग्रेस क्षेत्र नं २का सभापति तथा संयुक्त चुनाव परिचालन कमिटी क्ष्ेत्र नं २ का संयोजक केशर निर्देोशी शुसिलराज पराजुली लगायत नेता कार्यकर्ताहरु उमेद्धवारहरु संगै घर दैलोमा मत मागेका छन् ।
यसै क्रममा प्रतिनिधि सभा सदस्यका उमेद्धवार श्रीनाथ वरालले सुकुम्बासी, अव्यवस्थित बासोबासीका समस्याका साथै सहरी बेरोजगारीका समस्या आफूहरुले हल गर्न वताए ।
प्रकृतिक सम्पदायुक्त पूर्वाधार बनाइने भन्दै उनले पोखराका तालको संरक्षण, बाटाघाट चाक्ला र फराकिला बनाउने गठवन्धनको योजना रहेको वताए ।
उम्मेदवार बरालले कृषिमा आधुनिकिकरण गर्नुका साथै बालबालिका र महिला केन्द्रित विकासमा जोड दिने वताए । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गठबन्धनको हुँदा विकास निर्माणमा सजिलो हुने हँुदा गठवन्धनलाई मत दिन वरालले मतदाताहरुसंग आग्रह गरे । आफू निर्वाचित भएर गएमा केन्द्रीय सांसदको हैसियतले विकास र समृद्धिको अगुवाई गर्ने भन्दै उनले पोखरालाई शैक्षिक हवको रुपमा विकास गर्ने, समाजवाद उन्मुख स्वास्थ्य सेवा प्रवाह गर्ने, पोखरालाई अन्र्ताराष्ट्रिय शैक्षिक हव बनाउनका लागि कानून निर्माण देखि प्रदेश र स्थानीय तहसंग सहकार्य गर्ने बताए । उनले मौजा अर्मला हुँदै जाने मध्यपहाडी लोकमार्गलाई छिटो बनाउन पहल गर्नुका सार्थै पोखरा बसपार्कलाई इन्ट्रनल बसपार्कको रुपमा विकास गर्ने, लामे आहालको बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक बसपार्कको रुपमा विकास गर्न स्थानीय तह, गण्डकी सरकार र केन्द्रसरकारसंग सहकार्य गर्ने वताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।