पोखरा चैत्र २८,
पोखरा र चिनको सिचुवान प्रान्तको छिन्दु विच अन्तराष्ट्रिय उडान प्रारम्भ भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण भई उद्धघाटन भएको १ वर्ष सम्म पनि अन्तराष्ट्रिय उडान नहुदा पोख्ररेलीहरु विच निरासा वढेका वेला चिनको सिचुवान एयरलाईस र हिमालयन एयरलाईन्सले अन्तराष्ट्रिय उडान गरेपछि पोखरा र समग्र गण्डकी प्रदेशका पर्यटन व्यवसायी लगायत अन्य व्यवसायीहरु विच आशाको सञ्चार भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट अन्तराष्ट्रिय उडान प्रारम्भ भएसंगै अन्तराष्ट्रिय उडानलाई दिगो र नियमित गुर्नपर्ने आवश्यकता देखिएको छ । चिनको सिचुवान प्रान्तको मात्रै २२ करोड जनसंख्या रहेको छ । उक्त जनसंख्याको केही प्रतिशत मात्रैले पोखराको भ्रमण गरेको खण्डमा यहाको पर्यटन व्यवसाय लगायत अन्य ब्यापार व्यवसायको विस्तारमा महत्वपूर्ण सघाउ पुग्ने देखिन्छ ।
यसै क्रममा पोखरा छेन्दु उडान प्रर्वधन गर्ने उदेश्यले पोखरा महानगरपालिकाको संयोजनमा पोखराका पर्यटन व्यवसायीहरुले छेन्दु लगायतका शहरहरुको १ हप्ताको भ्रमण चैत्र ५ गते देखि १२ गते सम्पन्न गरे । त्यसै गरि महानगरपालिकाकै संयोजनमा दोस्रो उडानमा पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, लमजुङ, पर्वत, ढोरपाटन उद्योग वाणिज्य संघ संग आवद्ध उद्योगी व्यवसायीहरु चिनको छेन्दु लगायतका विभिन्न ४ वटा शहरहरुको भ्रमण गरि हिजो वुधवार पोखरा फर्केका छन् । पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको नेतृत्वमा गएको भ्रमण दलले चिनको छेन्दु, लुजाउ, चोङचिङ लगायतका शहरहरुको भ्रमण गरेको छ । भ्रमण दलले पोखरासंग भगिनी सम्वन्ध रहेको लुजाउ नगरका विभिन्न ठाँउहरुको भ्रमण ग¥यो । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा गएको भ्रमण दलका प्रतिनिधी र लुझाउ लिगाङ अन्तराष्ट्रिय ब्यापार संघका प्रतिनिधी बिच लुझाउमा भेटवार्ता एव् अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भयो । सोे कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको तर्फवाट संघका पूर्व अध्यक्ष कृष्ण मोहन श्रेष्ठले नेतृत्व गरेका थिए । त्यसै गरि लुजाउ लिगाङ अन्तराष्ट्रिय व्यापार संघको तर्फवाट संघका महाप्रवन्धक नि सिनरोङले नेतृत्व गरेकी थिईन् । कार्यक्रमका अवसरमा दुई शहर बिचको ब्यापार बिस्तारको लागि बस्तुहरु आयात निरियात गर्ने तथा पर्यटन प्रवर्धनमा सहकार्य गर्ने बिषयमा कुराकानी भएको थियो । अन्तरक्रिया कार्यक्रममा लुजाउ लिगाङ अन्तराष्ट्रिय व्यापार संघको तर्फवाट संघका महाप्रवन्धक नि सिनरोङले पोखरामा उत्पादन हुने वस्तुहरु र पोखराले चिनमा पठाउन सक्ने वस्तुहरुको वारेमा जिज्ञासा राखेकी थिईन् । सिरोनले दुई नगर विच पर्यटन प्रवर्धनका लागि सहयोग गर्ने आश्वासन दिएकी थिईन् । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठले पोखरावाट हस्तकालका सामानहरु, जडिवुटिहरु र मासुजन्य पदार्थ चिनमा निरियात गर्न सकिने वताए । श्रेष्ठले पोखरा प्रकृतिक हिसावले अन्तन्तै मनमोहक शहर भएकाले चिनियाहरुलाई पोखरा भ्रमणका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
भ्रमण दलले छेन्दु लगायतका शहरमा रहेका पुरानो सभ्यताको शहर, चट्टानमा खोपिएको लिटिल वुद्धको आकृति पानी जहाजवाटै अवलोकन गरेको थियो । साथै थि« गर्जेज म्युजियम,ग्रेट हल अफ पिपुल्स, दुजियाना सिचाई परियोजना,पाण्डा पार्क, सिचुवान युनिभर्सिटी म्युजियम, र पिपुल्स पार्क लगायतका ठाँउहरुको भ्रमण गरेको थियो । साथै भ्रमण दलले वुलेट रेल स्टेशन पुगेर रेलवे स्टेशनको अवगलोकन गर्नुका साथै चोङचिङ, वाट छेन्दू सम्मको १ घण्टा ३० मिनेटको वुलेट रेलको यात्रा समेत गरेको थियो । भ्रमणका क्रममा घरको विचवाट रेल गुडेको ठाँउको पनि अवलोकन गरिएको थियो ।
भ्रमण दल १ हप्ता पछि पोखरा फर्केको छ । पोखरा फर्कने क्रममा छेन्दुको तियानफु अन्तराष्ट्रिय विमानस्थलमा हामीले भ्रमण दलमा रहेका पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण मोहन श्रेष्ठ संग पोखर र छेन्दु विचको अन्तराष्ट्रिय उडान र यो उडानले पोखराको पर्यटन प्रवर्धन र व्यापार विस्तारका लागि के कस्तो प्रभाव पर्ला भनेर राखेको जिज्ञासामा श्रेष्ठले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण भएर पनि अन्तराष्ट्रिय विमानस्थलवाट अन्तराष्ट्रिय उडान हुन नसकेको वेलामा छेन्दु – पोखरा विच भएको अन्तराष्ट्रिय उडानले सकारात्मक माहोल वनेको वताए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो उडानलाई नियमित वनाउन खेल्नु भएको भूमिका अत्यन्तै सकारात्मक र सहनिय रहेको वताउदै श्रेष्ठले यो उडानवाट पोखराको पर्यटन प्रवर्धन मात्रै नभई दुई देश विचको व्यापार विस्तार र नेपालवाट उत्पादित वस्तुहरुको राम्रो वजार चिनको छेन्दु शहर वन्ने विस्वास व्यक्त गरे । त्यसै गरि भ्रमण दलका संयोजक पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले यो उडान भएपछि चिनिया पर्यटकहरुलाई पोखरामा सिधै ल्याउन सकिने मार्ग प्रसस्त भएको वताउदै पोखराको सडक, होटल लगायतका हरेक क्षेत्रहरु पर्यटन मैत्री हुनुपर्ने वताईन् । यो भ्रमण पछि चिनको हरेक क्षेत्रको विकासवाट आफु निक्कै प्रभावित भएको वताउदै पोखरा आउने पर्यटकहरुलाई सर्वप्रथम सडक राम्रो हुनुपर्ने वताईन् । पोखरा महानगरपालिकाले पोखरा छेन्दु उडानका लागि खेलेको भूमिका र यो उडानलाई नियमित गर्नका लागि मेयर धनराज आचार्य अहोरात्र खटेको समेत गौतमले वताईन्् ।

