पोखरा, चैत्र १६,
नेपाल पत्रकार महासंघ कास्कीद्धारा स्थापित तथा सञ्चालित पोखरा पत्रकारिता सम्मान २०७९ वाट अग्रज पत्रकार गंगाधर पराजूली सम्मानित भएका छन् । त्यसै गरि २०८० सालको पोखरा पत्रकारिता सम्मानवाट पत्रकार राजु भण्डारी तथा भण्डारी परिवारलार्ई संस्थागत सम्मान प्रदान गरिएको छ । आज नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा भएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पत्रकारिता सम्मान २०७९ वाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उप सभापति तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत रहेका पराजूलीलाई सम्मान गरेका थिए । त्यसै गरि पोखरा पत्रकारिता सम्मान २०८० (स्ांस्थागत तर्फ) बाट पत्रकार राजु भण्डारी र गजेन्द्र भण्डारी सृजनसिल पत्रकारिता पुरस्कार स्थापनाकर्ता सरस्वती भण्डारीलाई सम्मान गरेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीमा अन्य विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुले स्थापना गरेका दर्जन वढि पत्रकारिता पुरस्कारहरु छन् तर पोखरा पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीले आफैले विभिन्न ब्यक्तिहरुसंग चन्दा उठाएर स्थापना गरेको पुरस्कार हो । वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष भएको वेलामा स्थापित पोखरा पत्रकारिता पुरस्कारको आफ्नो छुट्टै स्थान र महत्व रहेको छ ।
पोखरा पत्रकारिता सम्मान २०७९ वाट सम्मानित हुने पत्रकार गंगाधर पराजूली नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपसभापति हुन् । नेपाल सरकारले गठन गरेको न्युनतम पारिश्रमिक निर्धारण समितिको पूर्व अध्यक्ष भएर काम गरिसकेका पराजूलीले गोरखापत्र, कन्तिपुर दैनिक जनमत लगायतका पत्रपत्रिकामा काम गरिसकेका छन् । हाल उनि गुरुकुल न्यूजका सम्पादक तथा सुनौलो एफ एमका कार्यकारी निर्देशक रहेका छन् । पोखरा पत्रकारिता सम्मान २०८० वाट सम्मानित हुने पत्रकार राजु भण्डारीले २०४३ साल देखि पत्रकारिता सुरु गरेका हुन् । भण्डारीले स्वदेशी आवाज, साघु, जनधारणा लगायतका धेरै पत्रपत्रिकामा काम गरिसकेका छन् । नेपाल पत्रकार महासंघ कास्कीको कोषध्यक्ष लगायत अन्य पदहरुमा रहेर काम गरिसकेका भण्डारीले नेपाल पत्रकार महासंघ कास्कीको भवनमा एउटा कोठा आफैले निर्माण गरिदिएका छन् । हाल भण्डारी रेडियो सफलतामा आवद्ध रहेका छन् ।
नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघकास्कीले पोखरा पत्रकारिता सम्मान अर्पण कार्यक्रम तथा पत्रकारितामा संकट र समाधानका उपाय विषयमा संम्वाद कार्यक्रमको समेत आयोजना गरेको थियो । सो अवसरमा वोल्दै मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जाल र पत्रकारिता फरक कुरा हुन् भनेर आम मानिसहरुलाई वुझाउनु अहिलेको चुनौती रहेको वताए । यो पत्रकार र सरकार दुवैका लागि चुनौती हो मुख्यमनत्री पाण्डेले भने । गण्डकी प्रदेश सरकारले आमसञ्चार विधेयक पारित गरिसकेको वताउदै बिधेयकमा प्रेस रजिष्टारको व्यवस्था गरिएको र प्रेस रजिष्टार पत्रकारिता क्षेत्रवाटै नियुक्त हुने हुनाले पत्रकारिताका समस्याका विषयमा प्रेस रजिष्टारको कार्यालयले हेर्ने वताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वद्रि विनोद प्रतिक, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता लिम्सिीना पंगेनी, गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, सम्मानित ब्यक्तित्वहरु गंगाधर पराजूली र राजु भण्डारी, पत्रकारितासंग सम्वन्धित विभिन्न संगठनका जिल्ला अध्यक्ष, प्रतिनिधि लगायतले आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले पत्रकारितामा देखिएको संकट र समाधानका उपायहरु विषयमा अवधारण पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना शर्माले स्वागत र सञ्चालन सचिव माधव वरालले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।