पोखरा चैत्र ६,
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई मातृशोक परेको छ । आचार्यकी ममतामयी आमा जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा आज उपचारको क्रममा चरक मेमोरियल हस्पिटल नागढुङ्गामा निधन भएको छ । पोखरा महानगरपालिका ३३ भरतपोखरी स्थित गैरागाँउ निवासी स्व. आचार्यका श्रीमान, ३ छोराहरु, २ छोरीहरु, ३ वुहारी, छोरा तर्फ ४ नाती , ३ नातीनी र छोरी तर्फ ३ नाती २ नातीनी रहेका छन् । स्व आचार्यका जेठा छोरा धनराज आचार्य नेपालकै सवै भन्दा ठूलो महानगर पोखरा महानगरपालिकका प्रमुख तथा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य , त्यसै गरि माहिला छोरा शिवराज आचार्य नेकपा एकिकृत समाजवादी कास्कीका सचिवालय सदस्य एवं लाईन्स क्लव लगायत अन्य सामाजिक संघ संस्थामा क्रियासिल रहेका छन् । कान्छा छोरा सञ्जय व्यवसायी हुन् ।
स्व आचार्यको आजै पोखराको सेती नदी स्थित तुल्सीघाटमा अन्तिम संस्कार गरिएको छ । स्व आचार्यको पार्थिक शरिरमा छोराहरु धनराज, शिबराज र सञ्जयले दागवत्ति दिएका थिए । स्व. आचार्य प्रति श्रदाञ्जली दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पूर्व मन्त्री यज्ञ वहादुर थापा, पोखरा महानगरपालिकका उप प्रमुख मञ्जुदेवी गुरुङ, विभिन्न राजनितीक पार्टिका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी, व्यवसायी लगायत अन्य विभिन्न संस्थाका प्रतिनिधिहरु, पोखरा महानगरपालिकका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु तुलसीघाट पुगेका थिए । यस अघि आचार्यको निवास नयाँ वजारवाट दिउसो ३.३० वजे शवयात्रा निकालिएको थियो । फेवापोष्ट खवरको तर्फवाट पनि स्व आमा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछौ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।