पोखरा फागुन ८,
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालवाट डिस्चार्ज भएका छन् । फागुन ३ गते पोखरा भ्रमण वर्षको उद्धघाटन कार्यक्रमका अवसरमा वेलुन पड्कदा उप प्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाईते भएका थिए । उप प्रधान मन्त्री पौडेलको ३ दिन अगाडि डिस्चार्ज भएको थियो भने प्रमुख आचार्यको किर्तिपुर अस्पतालवाट आज डिस्चार्ज भएको हो ।
आज अपरान्ह अस्पतालवाट डिस्चार्ज भएपछि आफु डिस्चार्ज भएको जानकारी गराउदै प्रमुख आचार्यले आफ्नो स्वास्थ्यको वारेमा चासो राख्ने र स्वास्थ्य लाभको कामना ब्यक्त गर्ने तथा अस्पतालमा गएर भेटेर स्वास्थ्य लाभको कामना गर्ने सवै प्रति आभार व्यक्त गरेका छन् । प्रमुख आचार्यले उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, किर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति आभार व्यक्त गरेका छन् ।
प्रमुख आचार्यले राष्ट्रपति रामचन्द्र पौडेल , प्रधानमन्त्री केपी शर्मा ओली सभामुख, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्री, मन्त्रीहरु संघीय तथा प्रदेश सांसहरु राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कूटनीतिक नियोगका व्यक्तित्वहरू, पोखरा महानगर परिवार ,स्थानीय प्रसासन, सुरक्षाकर्मी, मिडिया प्रतिनिधिहरू, पोखरेली जनसमुदाय तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण साथीहरू , शुभेच्छुक महानुभावहरू प्रति धन्यवाद ब्यक्त गरेका छन् ।
‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन सवैको साथ, सहयोग, र सुझाव अपेक्षा पनि प्रमुख आचार्यले गरेका छन् ।