पोखरा , असोज २८,
नेपालीहरुको महान पर्व वडा दशैको पूर्व सन्ध्यामा पोखरा महानरपालिकका विभिन्न वडाका विभिन्न ठाँउमा सरसफाई गरिएको छ । पोखरा महानगरपालिकाले चाडवाड लक्षीत सरसफाई अभियान नाम दिएर महानगरपालिका भित्रका मठमन्दिर, मस्जिद, गुम्बा, देवालय, पार्क, पँधेरो, गुफा, सडक, कोट लगायतका सार्वजनिक स्थलहरुमा सरसफाई गर्ने योजना अनुरुप वडा कार्यालयहरुको संयोजनमा गरिएको सरसफार्य अभियानको सप्ताह व्यापी कार्यक्रम सकिएको छ । सरसफार्य अभियानका क्रममा पोखरा महानगरपालिकका ३३ वटै वडामा सरसफार्ई गरिएको पोखरा महानगरपालिका सरसफाई शाखा प्रमुख कल्पना वरालले वताएकी छन् । सरसफाई अभियानको सुरुवात पोखरा महानगरपालिका वडा नं १९ स्थित अकलादेवीको मन्दिरबाट गरिएको थियो । सोही दिन पोखराको प्रशिद्ध विन्धवासीनी मन्दिर, पोखरा ६ स्थित केदारेश्वर मन्दिर लगायतका स्थानहरुमा सफायृ गरिएको थियो । त्यसै गरि पोखरा महानगरपालिका वडा नं ७ को संयोजनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वरिपरिको क्षेत्रमा सरसफाई गरिएको थियो । उक्त सरसफाई अभियानको संयोजना वडा नं ७ का वडा अध्यक्ष राममोहन आचार्यले गरेका थिए । त्यसै गरि मंगलवार पोखरा महानगरपालिका वडा नं ३२ सितलगुफा लगायतको स्थानमा सरसफार्ई गरिएको छ । बुधवार पोखरा महानगरपालिका वडा नं २० स्थित हरिहर गुफा मन्दिर परिषरमा सरसफाई गरियो । उक्त अभियानको संयोजन वडा नं २० का अध्यक्ष गंगा वहादुर केसीले गरेका थिए । विहिवार पोखरा महानगरपालिका वडा नं २८ मा रहेको प्रशिद्ध धार्मिक स्थल कालिका भगवति मन्दिर परिषर,रत्नशोभा मावि रैकर,मनकामना मन्दिर सौरे,र ठूलाकोट मन्दिर परिषरमा सरसफाई गरिएको थियो । उक्त सरसफाई अभियानको संयोजन वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले गरेका थिए । त्यसै गरि सोही दिन पोखरा महानगरपालिका वडा नं १७ स्थित राममन्दिर परिषरमा सरसफाई गरिएको छ । वडा अध्यक्ष राधिका शाही योगीको अगुवाईमा पोखरा १७ मा सरसफाई अभियान सञ्चालन गरिएको थियो ।
शुक्रवार पोखरा महानगरपालिका वडा नं ११ स्थित माटेपानी गुम्वा परिषर लगायतका स्थानमा सरसफाई गरिएको छ । सो सरसफाई अभियानको नेतृत्व वडा नं ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले गरेका थिए । त्यसै गरि २७ गते शनिवार पोखरा महानगरपालिलका वडा नं २५ हेमजाका ३३ वटै टोलमा एउटै समयमा सरसफाई गरिएको वडा नं २५ का अध्यक्ष तथा पोखरा महानगरपालिकका प्रवक्ता मोति तिमिल्सिनाले जानकारी दिए । त्यसै गरि शनिवारनै पोखरा महानगरपालिका वडा नं ८ को संयोजनमा पोखरा महानगरपालिका वडान ं ८ स्थित श्रीराम आधारभुत विद्यालय, पशुपतिनाथ मन्दिर परिषर लगायका स्थानमा सरसफाई गरिएको छ ।उक्त सरसफाई अभियानको संयोजन वडा अध्यक्ष रुद्रनाथ वरालले गरेका थिए । शनिवारनै पोखरा महानगरपालिका वडा नं १३ स्थित मियापाटन क्षेत्रमा समेत सरसफाई गरिएको छ । बिभिन्न वडामा भईरहेका सरसफाई अभियानमा जनप्रतिनिधिहरु, नागरिक समाज, टोल विकास संस्था, सामाजिक संघ संस्थाहरु, नगरप्रहरी, कर्मचारी पत्रकार, वातावरण संरक्षणकर्मीहरू, विभिन्न सरकारी तथा ग्रैहसरकारी सङ्घसंस्थाहरू, बैक तथा वित्तीय संस्थाहरू, आमा समूह, युवा क्लब लगायत स्थानियवासीहरुको सहभागिता रहेको थियो । सफाई अभियान निरन्तर जारी रहने महानगरपालिकाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।