पोखरा फागुन ११,
पोखरा महानगरपालिकाले भवन तथा पूर्वाधार विकास मापदण्ड २०८० सार्वजनिक गरेको छ । युरोपियन युनियन, स्विच एसिया, नेपालमा उर्जा दक्षता निर्माण (विन) परियोजनाको सहयोगमा पोखराको समग्र क्षेत्रलाई समेट्ने गरि वनाईएको मापदण्डको पोखरा महमानगरपालिकका प्रमुख धनराज आचार्यले हालै सावैजनिक गरेका हुन् । मापदण्डमा भवन, पूर्वाधार निर्माण, नदि, खोला, ताल तलैया, पोखरी पोखरा भित्रका सडकहरु, र गोरेटो वाटोको पनि मापदण्ड निर्र्धाारण गरिएको छ । नया मापदण्ड अनुसरा वहूचर्चित फिर्के खोलाको मापदण्ड ६ मिटर कायम गरिएको छ । त्यसै गरि सेती नदिको मापदण्ड ३० मिटर कायम भएको छ । पोखरा महानगरपालिका भित्रका मर्दी, काली, हर्पन, सुरौदी, पुँडि खोलाको मापदण्ड पनि ३० मिटरनै कायम गरिएको छ । याम्दी र सुईखेत खोलाको १७ मिटर, पार्दी खोलको १२.५ मिटर, काँहु र भलाम खोलाको १० मिटर, वगादी खोला, वेगनासताल खोला र ताल खोलाको ७ मिटर, वुलौदी र अन्य खोलाहरुको ६ मिटर मापदण्ड तोकिएको छ । त्सै गरि फेवातालको मापदण्ड सर्वोच्व अदालतको फैसला अनुसारकै ६५ मिटर कायम गरिएको छ । रुपा र वेगनास तालको चारैतिरको सिमानावाट १०० मिटर मापदण्ड तोकिएको छ भने अन्य साना तालहरु दिपाङ, मैदी, खाष्टे, गुँदे र न्युरेनीको ५० मिटर मापदण्ड लगाईएको छ । त्यसै गरि पोखरीहरुमा कास्कीकोटको ठूली पोखरी, पोखरा १३ को कमलपोखरी, र पोखरा ५ को खुडे पोखरीको मापदण्ड ६ मिटर कायम गरिएको छ ।
भवन तथा पूर्वाधार विकास मापदण्ड २०८० अन्र्तगत सडकको मापदण्डमा पोखरा नगर भित्रको पृथ्वी राजमार्ग २५ मिटर, मुल मार्ग १५ मिटर, शाखा मार्ग ७ं५ मिटर, प्रशाखा ६ मिटर, पहूच मार्ग ८ मिटर, स्थानिय मार्ग ४.५ मिटर कायम गरिएको छ । पोखरा महानगरपालिकाले वनाउने चक्रपथ १५ मिटर फराकिलो हुने तथा महानगरपालिकाले निर्माण गर्ने शहरी मार्गलाई ३ तहमा बर्गिकरण गरिने र शहरी मार्ग क को १५ मिटर, ख १२ मिटर र ग ८ मिटर चौडा वनाईने मापदण्डमा उल्लेख गरिएको छ । ग्रामिण गोरेटो वाटो २.५ मिटर फराकिला रहनेछन् । नयाँ मापदण्ड अनुसार पोखरामा अव ५ तले भवन भन्दा अग्ला भवन वनाउन नपाईने भएको छ । मापदण्ड ८ परिक्षेदमा निर्माण गरिएको पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले वताए । संभवत यो नेपालमै पहिलो भएको प्रमुख आचार्यले वताए । क्लिन पोखरा, ग्रीन पोखरा, को अवधारण अनुसार अव निर्माण हुने घरहरुमा हरियो रंग लगाउनुपर्ने समेत आचार्यले वताए । मापदण्ड निर्माणमा ६० वर्ष पछिको प्रयास सफल भएको समेत प्रमुख आचार्यले वताए । युरोपियन यूनियन, स्विच एसिया, नेपालमा उर्जा दक्षता निर्माण (विन) परियोजना को सहयोगमा निर्माण गरिएको भवन तथा पूर्वाधार विकास मापदण्ड नेपालका ६० पालिका मध्ये पोखरा महानगरपालिकाले पहिला वनाएको युरोपयन यूनियनका वरिष्ठ कार्यक्रम प्रवन्धक रञ्जन प्रकाश श्रेष्ठले वताए ।
यसै बिच पोखराको फिर्के खोलाको मापदण्ड ६ मिटर वनाईएपछि फिर्के खोलामा अझै धेरै घर र संरचना भत्किन सक्ने आँकलन गरिएको छ । फिर्के खोलको खोलाघर पत्ता लगाउन पोखरा महानगरपालिकाले गठन गरेको समितिले १६० संरचना खोलाघरमै वनेकाले भत्काउनुपर्ने प्रतिवेदन दिएको थियो । पाोखरा महानगरपालिकाको लागि विगत देखिनै टाउको दुखाई वनिरहेको फिर्के खोलाको मापदण्ड त निर्धारण भयो तर फिर्के खोलाको आसपास वनेको संरचना भत्काउन महानगरपालिकाले सक्दछ की सक्दैन भन्ने चुनौति रहिरहेकै देखिन्छ । महानगरपालिकाले खोलाघरमा वनेका संरचना हटाउन कार्तिक १० गते ३५ दिने सूचना जारी ग¥यो । त्यस लग्गतै उच्च अदालत पोखरामा परेको मुद्धामा उच्च अदालत पोखराले कार्तिक २४ गते फिर्के खोलमा वनेको संरचना तत्काल नहटाउन आदेश दिएपछि पोखरा महानगरपालिकाले आफ्नो योजना अनुसार काम अगाडि वढाउन पाएको छैन । यस्तै अवस्थाका विच तयार गरिएको ६ मिटर मापदण्ड लागु गर्ने हो भने अझै धेरै घर तथा संरचनाहरु भत्किने भएकाले पोखरा महानगरपालिकालाई फिर्के खोलामा मापदण्ड लागु गराउन चुनौतिनै देखिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।