पोखरा ,आषाढ ११,
क्षेत्रफलको हिसावले मुलुककै ठूलो पोखरा महानगरपालिकाले सवा ७ अर्वको वजेट ल्याएको छ । महानगर पालिकाले आगामी आ. व. २०८०÷०८१ का लागि ७ अर्व १५ करोड १५ लाख १७ हजारको वजेट ल्याएको हो । पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जु देवी गुरुङले सो आकारको वजेट आईतवार महानगरपालिकका १३ औ नगर सभामा प्रस्तुत गरिन् । पोखरा महानगरपालिकाले गत वर्ष को भन्दा झण्डै १ अर्व ६२ करोड कमको वजे ट ल्याएको छ । चालु आ.व मा महानगरपाकिाले ८ अर्व ७७ करोड वरावरको वजेट ल्याएको थियो ।
चालु आ. व.मा महत्वाकाक्षी वजेट ल्याएको महानगरपालिकाले लक्ष अनुसारको राजश्व संकलन गर्न नसकेपछि आगामी वर्षको वजेटमा खुम्चनु परेको हो । निती तथा कार्यक्रम पेस गर्ने क्रममा महानगरपालिकका प्रमुख धनराज आचार्यले बजेट घटेर आउने संकेत गरेका थिए । उनले भनेका थिए घर जग्गा कारोवार घट्यो, घर वहाल करमा छुट दिईयो तर आशा गरेअनुसारको घर वहाल कर उठेन, पार्किङ शुल्क खारेज गरियो , मुलकमा देखा परेको आर्थिक मन्दीको कारण उद्योग व्यवसायवाट आउने कर पनि आशा गरेअनुसारको आएन ।
वजेटमा आन्तरिक आम्दानी ३ अर्व २८ करोड,८७ लाख हुने अनुमान गरिएको छ । त्यसै गरि संघिय सरकार समानिकरण अनुदान २ अर्व ७६ करोड ३२ लाख, प्रदेश सरकार समानिकरण अनुदान १० करोढ २३ लाख ६२ हजार, संघिय राजश्व वाँडफाँडवाट ३६ करोड ६२ लाख, प्रदेश राजश्व वाँडफाँडवाट ८ करोड २५ लाख, संघिय सरकार सहरी विकास आयोजनावाट ८ करोड ४० लाख ९१ हजार, प्राप्त हुने र नपुग रहेको ४५ करोड६८ लाख ६५ हजार चालु आवको अन्तमा वचत भएको रकमवाट पूर्ति गरिने वजेटमा उल्लेख छ । खर्च तर्फ कार्यालय खर्च ८१ करोड २२ लाख २६ हजार,वडा कार्यालयहरुलाई ७२ करोड ६० लाख, पूर्वाधार तर्फ २ अर्व विनियोजन गरिएको छ ।