पोखरा फागुन २७,
पोखरा महानगरपालिकाले विभिन्न कार्यक्रम गरि ७ औ स्थापना दिवस मनाएको छ । पोखरा महानगरपालिका स्थापना भएको ७ वर्ष पुगेको अवसरमा फागुन २७ गते महानगरपालिकाले पोखरा सभागृहमा मुल समारोहको आयोजना गरेको थियो । मुल समारोहलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उप प्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, सल्लाहाकार परिषदका संयोजक आनन्दराज मुल्मी, नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानाङ्ग, नेकपा एमाले दलका नेता राधिका शाही , महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिना लगायतले मन्तव्य ब्यक्त गरेका थिए । यस अघि महानगरपालिका कार्यालयको आयोजनामा आईतवार विहान रक्तदान कार्यक्रम सम्पन भएको छ । उक्त रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको थियो । त्यसै गरि स्थापना दिवसकै अवसरमा पोखराको पृथ्वीचोकमा निर्माण हुन लागेको पोखरा भवनको सिलान्यास गरिएको छ । पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले उक्त भवनको सिलान्यस गरेका हुन् । १८ महिना भित्र सक्ने लक्ष लिईएको उक्त भवनमा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय,आधुनिक सूचना केन्द्र, घण्टाघर, र अन्डरग्राउण्ड पार्किङ समेत हुने वताईएको छ । स्थापना दिवसकै अवसरमा पोखरा महानगरपालिका वडा नं १९ स्थित खुईते (घट्टे)खोलामा निमार्ण हुने मोटरेवल पुलको प्रमुख आचार्यले सलिान्यास गरे । स्थापना दिवसकै अवसरमा शनिवार पोखरा महानगरपालिका भित्र रहेका सामूदायीक विद्यालयका उत्कृष्ठ शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै लामो समय शिक्षण पेसामा संलग्न शिक्षक शिक्षीकाहरुलाई दीर्घ सेवा पदकवाट सम्मानित गरिएको थियो । महानगरपालिकाले स्थापना दिवसको अवसरमा आईतवार आधा दिन कर्मचारीहरुलाई विदा समेत दिएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।