पोखरा चैत्र १९,
एस ईई परिक्षा पछि विद्यार्थीहरुलाई व्रिज कोर्ष पढाउने नाममा विद्यार्थीहरुवाट मोटो रकम उठाउने कार्य विगत देखिनै भईरहेको र यसले छोटो समयमा विद्यार्थीहरुसंगवाट मोटो रकम शिक्षण संस्थाहरुले असुल्ने गरेका गुनासहरु आईरहेका वेला पोखरा महानगरपालिकाले महानगरक्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । ब्रिज कोर्षका नाममा मोटो रकम असुली हुँदै आएको गुनासो बिच महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो । तर, गत वर्ष पनि महानगरपालिकाको निर्देशनलाई अवज्ञा गर्दै कतिपय संस्थाहरूले व्रिज कोर्ष सञ्चालन गरेका थिए । एसइई पश्चात विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज बनाउन विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको नाममा मोटो रकम असुल्ने गरेको गुनासो यस अघि नै आइसकेकाले परीक्षा समापन हुनु पूर्व नै महानगरपालिकाको शिक्षा समितिले यस्तो निर्णय गरेको जनाएको छ । महानगरपालिकाले व्रिज कोर्ष सञ्चालनमा प्रतिवन्ध लगाएपनि गत वर्ष जस्तै यस वर्ष पनि महानगरको निर्देशनलाई अवज्ञा गर्दै व्रिज कोर्ष पढाउने संभावना रहेकाले महानगरपालिकाले निर्णय गरेर मात्रै नहुने कडाईका साथ अनुगमन गर्ने र महानगरपालिकाको निर्देशनलाई अवज्ञा गर्नेहरुलाई जरिवना तथा कारवाही गर्नुपर्ने देखिन्छ ।
यसै गरि विद्यार्थी भर्नाको कार्यक्रम आगामी वैशाख २ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ । विद्यार्थी भर्नाका नाममा लिइने प्रवेश परीक्षाहरू त्यसअघि सञ्चालन गरे पनि रिजल्ट भने सोही अवधिमा सार्वजनिक गर्न भनिएको छ । आगामी शैक्षिक सत्रको पढाइ १० वैशाखदेखि सुरु गर्ने निर्णय पनि महानगरले गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।