पोखरा, मंसीर १२,
हिमालय सर्मपण ध्यान योग नेपालको आयोजनामा यही मंसीर १५ गते पोखरामा एक दिवसीय ध्यान शिविर हुने भएको छ । जीवन रुपान्तरणका लागि हिमालयन ध्यान योग नाम दिईएको शिविरमा महर्षि श्री कृपानन्द स्वामीजीवाट ध्यान सिकाउने कार्यक्रम रहेको छ । पोखरा रंगशालामा मंसिर १५ गते विहान ७.३० वजे देखि ९.४५ वजे सम्म ध्यान शिविर सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । शिविरमा प्रवेश निशुल्क गरिएको छ ।
फाउण्डेसनको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा हिमालय सर्मपण ध्यानयोगका प्रणेता शिव कृपानन्द स्वामीले आफ्नो आध्यात्मिक यात्रा ४५ वर्ष अगाडि नेपालको पशुपति नाथवाट प्रारम्भ भएको र रसुवा जिल्लाको हिमाच्छादित गुफामा तपश्यारत गुरु शिव वावावाट आत्म साच्क्षतकार प्राप्त भएको वताए । आफुले नेपाल लगायत विश्वका ७२ राष्ट्र सम्म ध्यानको महत्व र ज्ञान फैलाएको भएपनि वत्ति मुनि अध्यारो भने जस्तै आफुले आध्यात्मिक ज्ञान पाएको नेपालमा त्यति धेरै ध्यानको ज्ञान नभएको कृपानन्द स्वामीले वताए । आफु नेपालमा यस संगै ४ पटक आएको र नेपाल भ्रमण वर्ष २०२०को सद्भावना दूत समेत रहेको वताउदै तर त्यतिवेला कोभिड १९ को कारण आफुले केही गर्न नसकेको वताए । योग ध्यानको वारेमा विश्वका ७२ मुलुकमा जाँदा आफुले नेपालवाट आत्मा ज्ञान पाएको भनेर विश्वभर नेपालको प्रचार गरेको समेत स्वामी कृपानन्दले वताए । आफुले व्रिटेन, भारत, जर्मनी , सिङ्गापुर,श्रीलङ्का र नेपालको संसदमा समेत शिविर सञ्चालन गरेको वताउदै स्वामीले आत्मालाई एककृत गर्नुनै ध्यान भएको वताए । आफुले कुनै पनि धर्मको प्रचार नगर्ने वताउदै पत्रकार सम्मेलनमा स्वामी कृपानन्दले धार्मिकता भन्दा आध्यात्मिकता धेरै फरक रहेको भन्दै धर्म सिडी हो भने आध्यात्मा धर भएको वताए ।
सो अवसरमा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले पोखरा रंगशालामा मंसीर १५ गते निशुल्क रुपमा हुन गईरहेको ध्यान शिविरमा सहभागि भई त्यसवाट फाईदा लिन सवै पोख्रेलीमा आग्रह गरेका छन् । मानिस जहाँ छ , जुन सुकै आस्था वा धर्ममा छ, अथवा जुनसुकै पेशा व्यवसाय वा क्षेत्रमा छ २४ घण्टामा कही समय निकालेर ध्यान गर्दा जीवनमा आमुल परिवर्तन हुने कुरा स्वामीजीले वताउने गरेको भन्दै योगले मनलाई शान्त र स्थिर राख्ने वताए । आफुलाई पनि गत वर्ष भारतको नागपुरमा गुरुले सञ्चालन गरेको ध्यान शिविरमा निमन्त्रण आएको र नेपालका केही सांसदहरु संगै सहभागि भएको प्रसंग उललेख गर्दै आचार्यले ८ दिन सम्म चलेको उक्त शिविरमा २ लाख भन्दा वढि मानिस सहभागि भएको आफुले देखेको र आफु २ दिन सम्म सहभागि भएर फर्केको समेत वताएका थिए । शिविरको प्रवर्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।