पोखरा मंसीर २४,
पोखरा महानगरपालिका वडा नं ९ , स्थित वसपार्कवाट एउटा यात्रुवहाक वस चोरी भएको छ । उक्त चोरी भएको वसलाई प्रहरीले चितवनको आँपटारीवाट समातेको छ । यही मंसीर २२ गते राती पोखरा वस पार्कमा पार्किङ गरि राखेको ग.१.ख.१६३८ नं को वस चोरी भएको सूचना प्रहरीलाई आयो त्यस पछि प्रहरीले तत्कालै आफु मातहतका प्रहरी कार्यालय र अन्य प्रहरी कार्यालयमा समते उक्त कुराको जानकारी गरायो । यसरी वस चोरी भएको जानकारी जिल्ला प्रहरी कार्यालय , मातहतका प्रहरी कार्यालयहरु र अन्य जिल्लाका प्रहरी क ार्यालय र ट्राफिक प्रहरी कार्यालहरुलार्य समेत खवर गरी खोजतलास वस चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं ११ आँपटारीवाट प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता श्रवण कुमार विकले जानकारी दिए । उक्त वस तनहूँ जिल्ला तनहुँ जिल्ला म्याग्दे गा.पा. वडा नं.३ बस्ने १७ वर्षका एक जना बालकले चलाउँदै लगिरहेको अवस्थामा प्रहरीले आँपटारीमा फेला पारेको थियो । उक्त बस सहित निज व्यक्तिलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाईएको छ ।