पोखरा चैत्र, ४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विचार तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्दै सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने गरि आवश्यक संरचना र पूर्वाधार निमार्ण गर्न प्रतिवद्ध रहेको वताएका छन् । आईतवार विहान पोखरामा नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण कार्यक्रमलाई संवोधान गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चार माद्यम र पत्रकारहरुको प्रर्वद्धन तथा हितका लागि सञ्चार माद्यमहरुको व्यवसायीक संरक्षण र सम्वद्धन गर्दै सञ्चार क्षेत्रलाई राष्ट्रिय सेवा मुलक उद्योग सरहको मान्यता प्रदान गरिने वताए । पोखरा विमानस्थलवाट छिट्टै अन्तराष्ट्रिय उडान नियमित हुने वताउदै प्रधानमन्त्री प्रचण्डले मित्रराष्ट्र चिन र भारतसंग यसवारेमा कुराकानी भईरहेको वताए । विषेश गरि आफ्नो चिन भ्रमणको क्रममा चिन सरकार संग पोखरावाट अन्तराष्ट्रिय उडान नियमित गर्ने वारेमा कुराकानी भएको वताउदै पोखरावाट अन्तराष्ट्रिय उडान नियमित गर्ने कुरामा सरकार लाग्ने वताए । पोखरा विमानस्थल ऋणमा डुव्ने भयो भन्ने खालका नकारात्मक कुराहरु गर्न जरुरी नभएको वताउदै पोखरा विमानस्थल निर्माण गर्दा लागेको सवै ऋणलाई अनुदानमा परिणत गर्ने दिशामा आफु अगाडि वढेको वताए ।
सो अवसरमा प्रजातन्त्र सेनानी स्व दयाशंकर पालिखे स्मृति सम्मान २०७९ वाट पत्रकार दिपेन्द्र श्रेष्ठ र २०८० वाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष स्व. त्रिभुवन पौडेललाई मराणोप्रान्त सम्मान गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दयाशंकर स्मृति पत्रकारिता सम्मान २०७९वाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ र २०८० वाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष त्रिभुवन पौडेलकी धर्मपत्नी प्रतिभा अधिकारी पौडेललाई दोसल्ला र सममान पत्रले सम्मान गरेका थिए । २०५२ सालमा नेपाल पत्रकार महासंघ कास्कीको पहलमा विश्व शंकर पालिखे लगायत पालिखे परिवारले आफ्ना वुवा स्व दयाशंकर पालिखेको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका थिए । उक्त पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आईरहेको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल,पुरस्कार छनौट समितिका संयोजक कुसुमकेशव पराजूली र पुरस्कार स्थापनाकर्ता विश्व शंकर पालिखेले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले आमन्त्रीत सवैलाई सवागत गरेकी थिईन् भने कार्यक्रमको सञ्चालन कस्की शाखाका सचिव माधव वरालले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।