पोखरा आषाढ २५,
पोखरा महानगरपालिकाले पोखराको न्यूरोड क्षेत्रमा फुलका विरुवा रोप्न सुरु गरेको छ । पोखराको सभागृहचोक देखि विपीचोक सम्म सडकको बिचभागमा वनाईएको डिभाईडरमा फुलका विरुवा रोपिएको छ । पोखरा सौन्र्दयीकरण अभियान अन्र्तगत पहिलो चरणमा न्यूरोड क्षेत्रमा फुलका विरुवा रोपिएको महानगरपालिकाले जनाएको छ । आज पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले पोखराको न्यूरोड स्थित सभागृह चोकमा निर्माण गरिएको डिभाईडरमा एक्वोरा जातको फुलका विरुवा रोपी अभियानको शुभारम्भ गरेका छन् । सो अवसरमा महानगरपालिकका उप प्रमुख मञ्जु देवी गुरुङ, महानगरपालिकका जन प्रतिनिधि, राजनितीक दलका नेता कार्यकर्ता, कर्मचारी, पत्रकार लगायतले फुलका विरुवा रोपेका थिए ।
न्यूरोड स्थित सभागृह देखि विपी चोक सम्म करिव ८५० विरुवा रोपिने जनाईएको छ । मौसमले साथ दिएको खण्डमा आजनै विरुवा रोपिसक्ने वताईएको छ । वढि मात्रामा एक्वोरा जातको फुलको विरुवा रोपिने वताईन्छ । उक्त फुलको एउटा विरुवाको ७५० पर्ने भएपनि धेरै विरुवा एकैचोटी लिने भएकाले महानगरपालिकालाई ६२५ रुपयाँमा दिईएको फुलका विरुवा सप्लाई गर्ने वसन्त नर्सरीका सञ्चालक वसन्त वानियाले वताए । पोखराको न्यूरोडको सडकमा सभागृहचोक देखि विपीचोक सम्म वनाईएको डिभाईडरमा एकतर्फी रुपमा जाली राखिएको छ भने उक्त क्षेत्रमा रातीमा पनि उज्यालो होस् भन्ने उदेश्यले सोलार लाईट जडान गरिएको छ । उक्त क्षेत्रमा फुलका विरुवा रोपिएपछि पोखराको न्यूरोड अत्यन्तै सुन्दर देखिने छ । फुलका विरुवा रोपेर मात्रै नहुने त्यसलार्ई नियमित रुपमा हेरचाह गरेर संरक्षण गर्नुपर्ने र चोरीवाट वचाउनुपर्ने स्थानिय वासीको भनाई रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।