पोखरा महानगरपालिका वडा नं १५ को वडा कार्यालय परिसरमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गतको उक्त स्वास्थ्य केन्द्रको हालै पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो अवसरमा प्रमुख आचार्यले महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने वताए । पोखरा महानगरपालिका भित्र धेरै सार्वजनिक जग्गाहरू रहेको र यो वा त्यो ढङ्गले अतिक्रमित भईरहेको भन्दै टाक्स फोर्स वनाएर अतिक्रमित जग्गाको खोजी गरिने र अतिक्रमणकारीवाट वाट फिर्ता गरिने वताए ।
यो पटकदेखि वडा हरुलाई साधन श्रोत समपन्न वनाउने र विकास निर्माणमा समेत वडाको योगदान रहने हिसावले वडालाई ५ करोडको हाराहारीमा महानगरको बजेट छुटाइएको प्रमुख आचार्यले सो अवसरमा वताएका थिए ।
कार्यक्रममा पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले हिजो निर्वाचनमा कुनै दल विशेषको उम्मेदवार भएपनि निर्वाचित भइसकेपछि अबको ५ वर्ष सबैको साझा जनप्रतिनिधि भएर काम गर्ने अभिलासा लिएको बताए । उनले अग्रजहरूबाट पाएको सुझावलाई मनन गर्दै वडा नं १५ लाई हाम्रो वडा, राम्रो वडा, समुन्नत नागरिकहरू बसेको वडा र सबैले अपनत्व गर्ने स्थानीय सरकारको अनुभूति गर्ने वडा बनाउन चाहेको बताए । कार्यक्रममा कार्यपालिका सदस्य मन्दिरा परियारले अबको ५ वर्ष कुनै दल र पार्टी नभनी स्वतन्त्र पूर्वक समाज निर्माणका लागि अगाडि बताइन्।् ।
शहरी स्वास्थ्य सेवा केन्द्र वाट परिवार नियोजन, खोप, ओपिडी, ड्रेसिङ, लगायतका सेवा दिने जानकारी सहरी स्वास्थ्य प्रमुख कृष्ण बास्तोलाल दिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।