पोखरा मंसीर १०,
अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले पोखराको लेकसाईड क्षेत्रमा यस वर्ष पनि सडक महोत्सव गर्ने भएको छ । सडकमै खाँऊ,  सडकमै रमाउँ भन्ने नाराका साथ आन्तरिक तथा वाह् पर्यटन प्रवर्धन गर्ने उदेश्यले सुरु गरिएको सडक महोत्सवले २४ औ श्रीङ्खला पार गरिसकेको छ । यस वर्ष रेवानले पौष १२ गते देखि १६ गते सम्म २५ औ सडक महोत्सवको आयोजना गर्दैछ । आज पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उक्त कुराको जानकारी गरार्ईएको हो । पोखराम वेग्लै पहिचान वनाउन सफल मानिएको सडक महोत्सव आन्तरिक तथा वाह् पर्यटक भित्र्याउन पनि सफल मानिन्छ । कोरोनाको माहामारीका वेला पनि महोत्सव आयोजना गरेर रेवानले महोत्सवलाई निरन्तरता दिएको र महोत्सव आयोजनाको २५ वर्ष पुगेको अवसरमा यस वर्ष रेवानले महोत्सवको रजत जयन्ती भव्य रुपमा मनाउने पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक कमिटीका संयोजक विश्वराज पौडेलले वताए । बिगतका वर्षहरुमा हल्लनचोक देखि फिष्टेल गेट सम्मको करिव साढे दुई कि.मी. क्षेत्रमा महोत्सव आयोजना गरिदै आएकोमा यस वर्ष फिष्टेल गेट देखि गैराको चौतारा हुँदै जरेवर सम्म आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो । परिवर्तित समय संगै महोत्सवलाई अली फरक र थप आकर्षक कसरी वनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि संकलन गरिरहेको पौडेलले वताए ।
महोत्सवको मुख्य आकर्षणको रुपमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनी संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगित, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, वोट रेस , वेटर रेस,टग अप वार,भलिवल प्रतियोगिता,सचेतना मूलक सडक नाटक,सेल्फी फोटो वुथ,पोखराको पर्यटन विकास, प्रवर्धन अवसर तथा चुनौतीको विषयमा केन्द्रित रहि टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानिय उत्पादीत हस्तकला चित्रकला , मुर्तिकला, तथा कृषि वनस्पति लगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिने, बाल वालिकका लागि चित्रकला, म.म र ससेज खाने प्रतियोगिता कुक वार मेन प्रतियोगिता र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्रिी प्रर्दशनीका साथै पर्यटकीय गन्तव्यको प्रवर्धन लगायत रहेका छन् ।
नेपालको आर्थिक विकासको महत्वपूर्ण तथा प्रमुख आधारको रुपमा रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन गर्ने, रोजगारी श्रीजना गर्ने तथा समग्र आर्थिक विकास र मुलुकको समुन्नतीमा समेत टेवा पु¥याउने भएकाले यो महोत्सव आयोजना गर्न लागिएको र यसलाई सफल वनाउन सवै क्षेत्रको सहयोगको अपेक्षा आयोजकको रहेको छ । महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रअरीको टुवर्ग वियर , द नेपाल डिष्टिलरी प्रालिको नुड भोड्का र प्रायोजकमा खुकुरी रम रहेका छन् । महोत्सकवको प्रवर्धकमा नेपाल पर्यटन वोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद रहेका छन् ।

 

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।