पोखरा , मंसीर १८,
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं २७ तालचोक, डाडाको नाकमा पौष ५ गते देखि १६ गते सम्म १९ औ संस्करणको लेखनाथ महोत्सव हुन लागेको आज आयोजक लेखनाथ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । यस क्षेत्रको पर्यटन प्रवर्धन तथा समग्र आर्थिक गतिविधिलाई चलायमान गराउने उदेश्यका साथ गर्न लागिएको महोत्सवको माद्यमवाट औद्योगिक उत्पादनलाई वढवा दिने, हस्तकलाका समानहरुको वजार प्रवर्धन र सोको पहिचान गराउने, स्थानिय उत्पादनका साथै लघु घरेलु तथा साना उद्योगको प्रवर्धन गर्ने, ज्ञान सिप र उद्यमसिलता र प्रविधि को वारेमा जानकारी दिने, राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरुको प्रदर्शनी तथा विक्रि ,स्थानीय कला संस्कृति तथा जातिय भेषभूषाहरुको जगेर्ना गर्ने महोत्सवका उदेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
कवि शिरोमणी लेखनाथ पौड्यालको संझनामा साहित्यिक कार्याक्रम गर्ने, विद्यालय स्तरिय कार्यक्रम, रयौली कार्यक्रम, बिबिध सांस्कृतिक कार्यक्रम,आदीवासी जनजाती विषेश कार्यक्रम, लोक हुन लागेका संस्कृतिलाई झल्काउने गरि नृत्य कार्यक्रम, भाँकी ¥याली तथा भेषभूषा प्रदर्शनी, हाँस्य ब्यङ्ग कलाकारहरुको प्रस्तुती, कृषि तथा पशुपंक्षी प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव,राष्ट्रिय लोक दोहरी कार्यक्रम,लाईभ म्यूजीक कार्यक्रम,लगायतका पुरानै कार्यक्रमहरुलाई यस वर्षको महोत्सवमा पनि निरन्तरता दिईनेछ ।
लेखनाथ महोत्सव सम्पन्न गर्न ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय सल्लाहाकार समिति, र ४२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । महोत्सव स्थलमा ३३४ स्टल रहने वताईएको छ । महोत्सवलाई २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने, ९० लाख रुपयाँ आम्दानी हुने र ८० लाख खर्च भई १० लाख वचत हुने पूर्व अनुमान आयोजकले गरेका छन् । मंसीर ६ गते देखि संघका सदस्यहरुका लागि स्टल वुकिङ खुल्ला गरिएको र १३० स्टल संघका सदस्यहरुका नाममा वुकिङ भईसकेको र मंसीर १२ गते देखि अन्य व्यवसायीका लागि स्टल वुकिङ खुल्ला भएको र हाल सम्म ७० प्रतिशत स्टल वुकिङ भईसकेको संघका प्रथम उपाध्यक्ष तथा प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले वताए । महोत्सवको वचत रकमवाट लेखनाथ स्थित प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माका लागि पहल एवं सहयोग, कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मस्थल विकास लगायतका काम गर्ने सुवेदीले वताए ।
महोत्सवको प्रवर्धकमा नेपाल पर्यटन वोर्ड र पोखरा महानगरपालिका रहेका छन् । महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र संमृद्धि भन्ने मुल नाराका साथ सम्पनन गर्न लागिएको १९ औ लेखनाथ महोत्सव सफल वनाउन आ आफ्नो क्षेत्रवाट सहयोग पु¥याउन सञ्चार जगत, नागरिक समाज, वुद्धिजिवी, उद्योगी व्यवसायी, राजनितीक दल, तीनै तहका सरकार, सुरक्षा निकाय,सरकारी तथा गैर सरकारी संघ संस्था,लगायत सवै संग सहयोगको अपेक्षा गरिएको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष तथा १९ औ लेखनाथ महोत्सव मुल आयोजक समितिका संयोजक विनोद श्रेष्ठले वताए ।

मेला महोत्सव गरेर आर्थिक गतिविधिलाई चलायमान गराउनु सकारात्मक पक्ष हो तर मेला महोत्सव गत वर्ष जे ग¥यो यस वर्ष पनि त्यै गर्ने, दर्शक तथा आम मानिसहरुलाई नयाँ कुरा केही पनि दिन नसक्ने र केवल निरन्तरताका लागि मात्रै महोत्सव गर्ने प्रवृति वढेको देखिन्छ । यसले महोत्सव प्रतिको आकर्षण वढ्न सक्दैन । प्राय सवै खालका मेला महोत्सव उस्तै प्रकृतिका हुने देखिएकाले महोत्सवले नयाँ पन दिन सक्नुपर्ने आम मानिसहरुको भनाईरहेको छ । त्यसैले भेला महोत्सव केवल निरन्तरताका लागि मात्रै नभई मेला महोत्सवमा गएपछि नयाँ कुरा केही पाईन्छ भन्ने अनुभूती आयोजकले दिन सक्नु पर्दछ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।