पोखरा चैत्र ३०,
मुलुकमा प्रतिगामीहरु सलवलाईरहेका वेला प्रतिगमनकारी लाई खवरदारी गर्न नेकपा एकिकृत समाजवादी पोखरा महानगर कमिटीले पोखरमा शुक्रवार मोटरसाईकल र्र्याली निकालेको छ । आफ्नो पार्टिको केन्द्रिय कार्यालयमा राजावादीहरुले गरेको आगजनी तथा तोडफोडकोे विरोध तथा राजा ल्याउने भन्दै गरिएको आन्दोलनको प्रतिकार स्वरूप मोटरसाइकल र्र्याली निकालिएको हो ।
पुर्वराजा ज्ञानेन्द्र शाहका सर्मथकहरुले चैत्र १५ गते पार्टीको केन्द्रिय कार्यालयमा आगजनी र तोडफोड गरी क्षति पु¥याएका थिए । साथै राजावादीहरुले ब्यक्तिका घरमा आगजनी तथा तोडफोड गर्ने, सम्पत्ति लुट्ने, पत्रकारलाई कोठा भित्र थुनेर जलाउने, सुरक्षा कर्मीहरु माथि धावा वोल्ने लगायतका ध्वम्सात्मक गतिविधिहरु गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रका समर्थकहरुले शिर्ष नेताहरुका घर तोडफोड गर्ने योजना समेत वनाएका थिए । नेकपा एकिकृत समाजवादीले यी सवै गतिविधिहरुको विरोध गर्दै पार्टिको केन्द्रिय कार्यालयमा आगजनी गर्ने घट्नामा संलग्नहरूको पहिचान गरी यथाशीघ्र कारबाहीको माग गरेको छ ।
शुक्रवार पोखरामा निकालिएको मोटरसाईकलमा सहभागिहरुले नेपाली जनताले आन्दोलनको वलमा सदा सदाका लागि फालिसकेको राजसंस्था ल्याउन भन्दै गरिएका प्रतिगामी कदमको विरोध गर्दै यस्ता संविधान विरोधी गतिविधि नगर्न चेतावनी दिएका थिए । आफ्नो सत्ता गुमेको छटपटाहटले जनतामा भ्रम छर्दै लोकतन्त्र विरोधी काम गरेर नसलबलाउन समेत सहभागिहरुले चेतावनी दिए ।
पोखरा सभागृहचोकदेखि सुरु भएको र्र्यालीको नेतृत्व केन्द्रिय सचिव श्रीनाथ वरालले गरेका थिए । ¥याली न्युरोड, विपिचोक, सिद्धार्थचोक, नालाकोमुख, भैरवटोल, विन्ध्यवासिनी, ट्याक्सी चोक, पृथ्वीनारायण क्याम्पस, नदिपुर, महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा पार्टिका केन्द्रिय सदस्य तुल वहादुर गुरुङ, प्रदेश अध्यक्ष कृष्ण नेपाली, प्रदेश कमिटीका सदस्यहरु, कास्की जिल्ला अध्यक्ष खड्ग हमाल पोखरा महानगर कमिटीका अध्यक्ष प्रेम थापा, लगायतका पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
र्र्याली पछिको सभालाई पार्टीका सचिव बराल, जिल्ला अध्यक्ष खड्ग हमाल , युवासंघका इन्चार्ज विकास पहारी, महानगर कमिटिका अध्यक्ष प्रेम थापा, युवा नेता सुरज (बज्र) अधिकारी लगायतले सम्बोधन गरेका थिए ।
