पोखरा माघ ५,
प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । झापा क्षेत्र नं २ वाट प्रतिनिधि सभामा निर्वाचित भएका घिमिरे नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टि, राष्ट्रिय प्रजातन्त्र पार्टि, जनता समाजवादी पार्टि, जनमत पार्टि, नागरिक उन्मुक्ति पार्टि र स्वतन्त्र सांसदहरु अमरेश कुमार सिंह, प्रभु शाह र योगेन्द्र मण्डलको मतवाट सभामुखमा निर्वाचित भएका हुन् । घिमिरेलार्ई सभामुखमा पौष १० गते पुष्पकमल दाहाललाई प्रधानमन्त्री वनाउन समर्थन गर्ने दलहरुले मत दिएका छन् । प्रतिनिधि सभामा आज उपस्थित २६८ सांसद मध्ये १६७ मत पाएर घिमिरे सभामुखमा निर्वाचित भए भने विपक्षमा १०० मत परेको थियो । एक सांसद भने तटस्थ वसेको संसद सचिवालयले जनाएको छ ।
सभामुखको निर्वाचनमा पौष २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका तर पौष १० गते समर्थन नगरेका दलहरुले सभमुखमा घिमिरेलाई मत दिएनन् । नेपाली काँग्रेसको तर्फवाट सभामुखको उमेद्धवार वनेकी ईश्वरी न्न्यौपानेलार्ई उनिहरुले मत दिने योजना रहेको भएपनि सवै भन्दा पहिला धिमिरेको निर्वाचन प्रक्रिया अगाडि वढेकाले उनले बहुमत पाएपछि अर्को प्रक्रियामा प्रवेशनै भएन । नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी , राष्ट्रिय जनमोर्चा, र नेमकिपाले घिमिरेको विपक्षमा मतदान गरेका थिए । सभामुखमा नेकपा एमालेको तर्फवाट उप महासचिव पृथ्वी सुव्वा गुरुङ, छवीलाल विश्वकर्मा, रघुविर महासेठ लगायतले आकाक्षा राखेको भएको भएपनि अध्यक्ष केपि ओलीका विश्वासपात्र घिमिरेलाई एमालेले उमेद्धवार वनाएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।