पोखरा मंसीर ७,
मंसीर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको मतगणनाका नतिजाहरु धमाधम आईरहेका छन् । निर्वाचन आयोगले मत गणना भएको ३ दिन भित्र नतिजा निकाल्ने वताएको भएपनि आयोगले भने जस्तो भएको छैन नतिजा आउनमा कतिपय ठााउहरुमा ढिलार्ई भएको छ । हाल सम्म प्रतिनिधिी सभा तर्फ ३७ ठाँउको नतिजा प्रप्त भएको छ जसमा नेपाली काँग्रेसको १७, नेकपा एमाले ६, राष्ट्रिय स्वतन्त्र पार्टि ४, नेकपा माओवादी केन्द्र ४ , नेकपा एकिकृत समाजवादी , जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टि १÷१ ठाँउमा र अन्य ले ३ ठाँउमा जित हाँसिल गरेका छन् । नेपाली काँग्रेसले ४१ ठाँउमा अग्रता कायम गर्दा नेकपा एमालेले३९, माओवादी केन्द्रले १४, नेकपा एकिकृत समाजवादीले ८, राष्ट्रिय स्वतन्त्र पार्टिले ४, राप्रपा ४, जसपा ३, लोसपा ३, नागरिक उन्मुक्ति पार्टि १ र अन्यले ८ ठाँउमा अग्रता हाँसिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर वहादुर देउवा, महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह,रमेश रिजाल , अजय कुमार चौरसिया,शंकर भण्डारी सन्तोष चालिसे, ह्दयराम थानी, उदय शंसेर राणा, रामहरि खतिवडा, राजन केसी, प्रदिप पौडेल टेक वहादुर गुरुङ, योगेश गौचन, मोहन आचार्य, दुर्लभ थापा निर्वाचित भएका छन् । यसै गरि नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली, गोकर्ण विष्ठ, अमरवहादुर रायमाभी, योगेश भट्टराई, प्रेम बहादुर महर्जन र कृष्ण गोपाल श्रेष्ठ निर्वाचित भएका छन् त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टिका शोभिता गौतम, शिसिर ढकाल , विराज भक्त थापा र गणेश पराजुली निर्वाचित भएका छन् । त्यर्सै गरि नेकपा माओवादी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,लेखनाथ दहाल, पूर्ण वहादुर घर्तिमगर र देवेन्द्र पोडेल निर्वाचित भएका छन् नेकपा एकिकृत समाजवादीवाट शेर वहादुर कुँवर, राप्रपा वाट धवल शंशेर राणा,जसपावाट प्रदिप यादव, र नागरिक उन्मुक्ति पार्टिवाट गंगाराम चौधरी, निर्वाचित भएका छन् ।
मतगणना जारी रहेका धेरै क्षेत्रहरुको मत गणना अन्तिम चरण्मा रहेकाले धमाधम नतिजा आउने क्रम चलिरहेको छ ।