प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भएको मत गणनामा नेकपा एमाले अग्र स्थानमा रहेको छ । हाल समम निर्वाचन आयोगमा प्रविष्ट भएको मत अनुसार नेकपा एमालेले एक लाख एक हजार ६६५ मत पाएको छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ३५२ मत पाएको छ । नेकपा माओवादी केन्द्र ३८ हजार २८८ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले २५ हजार ९९८ मत पाएको छ ।। यसै गरि जसपा नेपालले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ४७६ मत पाएको छ । यसैगरी नेपाल मजदुर किसान पार्टीले ५ हजार ४३४, नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ ।
समानूपातिक तर्फको मतगणनाको यो प्रारम्भिक नतिजा हो । नेकपा एमालेले समानूपातिक तर्फ निरन्तर अग्रता कायम गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।