पोखरा मंसीर २०,
मनाङ प्रदेसभा २ वाट गण्डकी प्रदेश सभामा निर्विरोध निर्वाचित भएका स्वतन्त्र सांसद राजिव गुरुङ नेकपा एसमा प्रवेश गरेका छन् ।उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माला लगाईदिएको फोटो सामजिक सञ्जालमा भाईरल भएको छ । साथै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका गुरूङले हस्ताक्षर गरेको बिज्ञप्तीमा गुरुङले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन् । त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ गुरुङले सोमबार जारी विज्ञप्तिमा भनेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । प्रदेश सरकारको पहिलो कार्यकालमा उनले एमाले नेतृत्वको सरकार ढाल्न निर्णायक भूमिका खेलेका थिए र उनी कांग्रेस नेतृत्वको सरकारमा आएका थिए ।
दिपक मनङ्गेका रुपमा चिनीने राजिव गुरुङ मनाङ प्रदेश सभा २वाट निर्विरोध सांसद हुन् । उनले मनाोनयन गरेको क्षेत्रवाट नेकपा एमाले, नेपाली काँग्रेस लगायत कुनैपनि दलले निर्वाचनका वेला मनोनयन नगरेपछि उनि निर्विरोध भएका थिए । नेकपा एसले गण्डकी प्रदेश सभामा थ्रेसहोल्ड कटाएको छ । सत्तारुढ गठवन्धनमा रहेर गण्डकीमा एक सिट पनि जित्न नसकेको उक्त पार्टीले स्वतन्त्र सांसद गुरुङलाई पार्टिमा भित्र्याएर प्रदेश सभामा पार्टिको प्रतिनिधत्व गराएर राजनितीक रुपमा फाईदा लिने प्रयत्न गरेको छ भने स्वतन्त्रको हैसियतमा रहेर अघिल्लो कार्यकालमा प्रदेश सरकारको मन्त्री पड्काएका गुरुङ यो कार्यकालमा स्वतन्त्रको हैसियतमा मन्त्री वन्न नपाउने भएपछि नेकपा एसको सांसदको हैसियतमा मन्त्री तथा संसदीय दलको नेता वन्न पाईने हिसावले नेकपा एसमा प्रवेश गरेको वताईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।