कास्की क्षेत्र नम्बर १ (२) का प्रदेश सभा सदस्य उम्मेदवार बेद बहादुर गुरुङ (श्याम) ले मतदान गरेका छन् । मादी गाउँपालिका वडा नम्बर २ ताङतिङमा रहेको हिमालय मा. बि. मतदान केन्द्रमा बिहान ७ बजेर ४ मिनेट जाँदा गुरुङले मतदान गरेको पत्रकार युनिष गुरुङले जानकारी दिए । उनका मुख्य प्रतिष्प्रर्धिको रुपमा नेपाली काँग्रेसका दिपक गुरुङ रहेका छन् ।
मादी गाउँपालिका वडा नम्बर २ मा २ वटा मतदान केन्द्र रहेको छ जसमा जम्मा १४६२ मतदाता रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।