पोखरा मंसीर ४,
कास्की क्षेत्र नं २ (२)का प्रदेश सभा सदस्य पदका उमेद्धवार विन्दु कुमार थापाले पोखरा महानगरपालिका वडा नं ८ मा रहेको श्रीराम आधारभूत विद्यालय मतदान केन्द्रवाट मतदान गरेका छन् । गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहेका थापाले बिहान ७.४५ वजे मतदान गरेका थिए । उनका मुख्य प्रतिष्प्रधीको रुपमा नेकपा एमालेकी मिना कुमारी गुरुङ रहेकी छन् ।