पोखरा मंसीर २३,
पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको अर्थतन्त्रमा समस्या रहेको वताएका छन् । शनिवार समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकाहरुसंग कुराकानी गर्दै नेपालले अर्थतन्त्र सहज अवस्थामा नभएको वताए । अर्थतन्त्र कामचलाउ छ भनेर पनि चित्त वुझाउन नसकिने वताए । अर्थव्यवस्था सञ्चालनमा कही न कतै त्रुटि अवश्य छ कतै नितीगत समस्या त हैन त्यसको पहिचान हुन जरुरी रहेको नेपालले वताए । ऋण लिएका व्यवसायीहरु ऋण तिर्न नसकेर गम्भिर समस्यामा छन् , ऋणको व्याज चर्को छ , कसरी व्यवाजदर घटाउने, केही समयका निम्ति ऋण चुक्ता गर्ने म्याद वढाएर भएपनि राहत दिने वारेमा सरकारले सोच्नुपर्ने वताए । तर ऋण लिने तर ऋण तिर्दैनौ भनेर घोषणा गर्ने अराजक गतिविधिलाई भने नियन्त्रण गर्नुपर्ने नेता नेपालले वताए ।
प्रधानमन्त्री प्रचण्डले वढि समय फिता काट्ने र अनावश्यक मानिसहरुको तालिलाई भेटेर समय व्यतित गरेको भन्दै यसो गर्नुभन्दा गर्नुभन्दा राज्य सत्ता सञ्चालनको काममा समय खर्चन अध्यक्ष नेपालले सुझाव दिए । मुलुकका समस्या, जनताका समस्या, जनताका जनविजीकका समस्याका वारेमा प्रधानमन्त्रीलाई दुईपटक सम्म पत्र मार्फतनै ध्यानकार्षण गराईएको वताउदै प्रधानमन्त्रीले समस्या समाधानमा पहल गर्ने कुरा आफुहरुसंग वताएको नेपालले वताए । जनताले भोग्नु परेका समस्याका वारेमा आफ्नो पार्टिले मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गरेको , मुलुकका ७ वटै प्रदेशमा समस्या के छन् भनेर जनतासंग प्रत्यक्ष कुराकानी गरिएको र त्यस अवधिमा १० हजार भन्दा वढि मानिसहरु विभिन्न पार्टि परित्याग गरि नेकपा एकिककृत समाजवादीमा प्रवेश गरेको वताए । सो क्रममा मुलुकका २३ जिल्लाका १२०० किलोमिटर यात्रा गरिएको भन्दै एमालेको नाम नदिईकन आफ्नो पार्टिले सूरु गरेको अभियानलाई अन्य पार्टिले अनुसरण गरेको वताए । एमाले पार्टि प्रति लक्षीत गर्दै नेपालले आफ्नो पार्टिले अभियान चलाएपछि हामीहरुले पनि अभियान चलाउनुपर्ने रहेछ भन्ने केही पार्टिहरुलाई चेत भएको र उनिहरुले पनि आफुहरुको अनुसरण गरेको वताए । एमालेले पाि हाल मेची महाकाली संमृद्धि यात्रा गरिरहेको छ ।
मलुकमा गणतन्त्रको विरुद्धमा केही स्वरहरु निस्कन थालेको भन्दै जनताले सदाका लागि अन्त्य गरेको गणतन्त्र फकिन नसक्ने प्रष्ट पारे । गणतन्त्रमा समस्या राष्ट्रपति माथि हो की, प्रधानमन्त्री माथि होकी , जनताको छोरा छोरी प्रधानमन्त्री भयो, राष्ट्रपति भयो,मधेशीको छोरा राष्ट्रपति भयो, जनजातीको छोरा राष्ट्रपति भयो भन्नेमा चिन्ता हो भन्दै नेपालले भन्दै कसैलाई राष्ट्रपति वन्न या प्रधानमन्त्री वन्न मन लागेको भए चुनाव जितेर आएर प्रधानमन्त्री र राष्ट्रपति वन्न चुनौती दिए । सरकारले जनताको बृहत्तर हितलाई ध्यानमा रखेर काम गर्नुपर्ने अध्यक्ष नेपालले वताए । भ्रष्ट्राचार मुलुकमा डरलाग्दो रुपमा आएको वताउदै भ्रष्ट्रचार नियन्त्रणमा सरकार निर्मम भएर लाग्नुपर्ने अध्यक्ष नेपालले वताए । एनसेलमा ठूलो भ्रष्टाचार भएको छ । किन एनसेलको शेयर विक्री भयो ? यसमा को को संलग्न छन् ? तिनीहरुलाई जनताका विचमा ल्याउनुपर्ने अध्यक्ष नेपालले वताए । एमाले प्रति लक्षीत गर्दै नेता नेपालले केही पार्टिहरुले एनलेसमा भएको भ्रष्टाचारको वारेमा चु सम्म नगरेको वताए । आफ्नो पार्टिका सांसद राजिव गुरुङलाइ मन्त्री नवनाएर गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सहमती उल्लङधन गरेको अध्यक्ष नेपालले वताए । केन्द्रमा गठवन्धनको सरकार छ ७ वटै प्रदेशमा सरकारमा हाम्रो पार्टिको पनि सहभागिता हुने सहमती भएको छ तर गण्डकीमा राजिव गुरुङलार्ई मन्त्री नवनाएर यहाँका मुख्य मन्त्रीले सहमतीको पालना नगरेको अध्यक्ष नेपालले वताए । सरकारमा सहभागिता, निती तथा योजना आयोग लगायतका नियुक्तिहरुमा सहभागिताको कुरा गठवन्धन दलहरु विच सहमती भएको भएपनि यहाँ पालना भएको छैन, आफ्नो पार्टिका सांसद राजिव गुरुङलाई मन्त्री मन्त्री वनाउन मुख्यमन्त्रीलाई पटकपटक भनेको र फेरी पनि भन्ने नेपालले वताए ।
पत्रकारहरुले ललिता निवास जग्गा प्रकरणमा तपाई र वावुराम भट्टराई प्रधानमन्त्री हुदा नितीगत निर्णय गरेको विषयमा तपाईहरुले उन्मुक्ति पाउने तर तपार्ईहरुले लाए अराएको काम गर्ने मानिहरु मात्रै पर्ने कुरा भयो भन्ने प्रश्नमा नेता नेपालले उक्त वारेमा स्पष्ट पार्दै २०६६ ÷१०÷८मा मुख्य सचिवको संयोजकत्वमा बिभिन्न मन्त्रालयका सचिवहरु संलग्न भएको वैठकमा प्रधानमन्त्री निवास परिषरको व्यवस्थाका लागि सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानून सम्मत हिसावले छुट्याएर ब्यवस्थित वनाउने भन्ने निर्णय गरिएको वताउदै कानून सम्मत हिसावले छुट्याएर व्यवस्थित वनाउने भन्ने निर्णय गर्नु गल्ती हुन्छ ? भन्ने प्रश्न गर्दै भएको निर्णयमा पछि कर्मचारीले के थप्यो के ग¥यो कहाँ थप्योे प्रधानमन्त्रीले हेरेर हिड्ने कुरा आउछ भन्दै प्रधानमन्त्री निवास परिषरमा रहेको जग्गाको श्रेस्ता पनि आफ्ै पालामा वनेको नेपालले वताए । तरत्यो सकारात्मक कुराको कहि कतै चर्चा नभएकोमा नेपालले असन्तुष्ठि ब्यक्त गरे । प्रधानमन्त्री निवास, सभामुखको निवास प्रधानन्यायाधिषको निवास एकै ठाँउमा वनाउने र प्रधानमन्त्री निवासलाई फराकिलो वनाउने उद्धेश्यले गरिएको काम भएको नेपालले वताए ।
नेकपा एकिकृत समाजवादीको महाधिवेसन जेष्ठमा गर्ने गरि तय भएको वताउदै नेपालले पार्टिमा उमेर हदका वारेमा छपलफल हुन वाँकी रहेको वताए । आफुलाई फेरी पनि अध्यक्ष वन्ने चाहाना नभएको वताउदै आफु अध्यक्ष वन्नेकी नवन्ने भन्ने कार्यकर्ताको चाहानाको कुरा भएको भन्दै आफु पदका लागि मरिहत्ते नगर्ने र पद पाउनका लपग पािर्ट पुर्नगठन पनि नगरिएको वताए । मैले अध्यक्षवाट छोडेर हिड्दा कार्यत्रर्ता पंतीवाट आउने प्रतिक्रियालाई पनि आफुले ख्याल गर्ने नेपालले वताए । समाजवादी प्रेस संगठन कास्कीका अध्यक्ष रुद्र वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भिम थापाले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।