पोखरा पौष २६,
प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभावाट विश्वासको मत लिएका छन् । नेपालको संविधान २०७२ को धारा ७६ को उप धारा ४ बमोजम विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभामा २७५ सांसद रहेको भएपनि आज प्रतिनिधि सभामा उपस्थित २७० जना मध्ये प्रतिनिधि सभाका २६८ सांसदको विश्वासको मत प्रधानमन्त्री दाहालले पाएका छन् । नेमकिपाका पे्रम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्र वहादुर केसीले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टि, राप्रपा, जनता समाजवादी पार्टि, नेकपा एकिकृत समाजवादी, जनमत पार्टि, लोकतान्त्रिक समाजवादी पार्टि, नागरिक उन्मुक्ति पार्टि, र स्वतन्त्र सांसदहरु, प्रभु शाह, र अमरेश कुमार सिंहले विश्वासको मत दिएका हुन् । नेपालको संविधान २०७२ अनुसार अव २ वर्ष सम्म प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाईदैन ।