पोखरा, चैत्र १७,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तार गरेका छन् । नेकपा एमाले संगको गठवन्धन टुटाएर नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादी लगायतका १० दल संग नयाँ समिकरण वनाएर चैत्र ६ गते दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछिको २ या ३ दिनमा मनत्रीमण्डल विस्तार गर्ने वताएको भएपनि १० दिन पछि वल्ल आज मन्त्रीमण्डल विस्तार गरेका छन् तथापि मन्त्रीमण्डलले अझै पूर्णता भने पाएको छैन । मन्त्री मण्डलमा २ जना उप प्रधानमन्त्री रहेका छन् । संसदमा सवै भन्दा ठूलो दल तथा सरकारमा पनि ठूलो दल नेपाली काँग्रेसले दोस्रो वरियता पाएको छ । काँग्रेसवाट पूर्ण वहादुर खड्का दोस्रो वरियतामा उपप्रधान मन्त्री भएका छन् । यस अधि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वनेका नारायणकाजी श्रेष्ठ उप प्रधान तथा गृह मन्त्री वनेका छन् उनको वयिता खड्का पछि रहेको छ । चौथो वरियतामा नेकपा एकिकृत समाजवादीका वेदुराम भूषाल र पाँचौ वरियतामा जनता समाजवादी पार्टिका अशोक रार्ई रहेका छन् । दुई जना मन्त्री पाउने भनिएको जसपाले पनि एकजना मात्रै मन्त्री पठाएको छ । ८ वटा मन्त्रालय पाउने भागवण्डा गठवन्धनमा भएको भएपनि काँग्रेसको आन्तरिक विवादका कारण काँग्रेसले सवै मन्त्रीहरु आज पठाउन सकेन । काँग्रेसवाट ४ जना मन्त्री सरकारमा सामेल भएका छन् ।
नयाँ मन्त्रीहरुले आजै शपथ ग्रहण गरेका छन् । पूनर्गठित मन्त्रिमण्डलमा नेपाली कांग्रेसले ४, नेकपा एकीकृत समाजवादी २, जसपा १, लोसपा १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाएका छन् । पुर्नगठित मन्त्रीमण्डलमा कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार,कांग्रेसका डा. प्रकाशसरण महत अर्थ, नेसपाका महिन्द्र राययादव महिला बालबालिका, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत, एकीकृत समाजवादीका प्रकाश ज्वाला, भौतिक योजना, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग र कांग्रेसकै सिता गुरुङले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीका चार मन्त्री पुरानै मन्त्रालयको जिम्मेवारीमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डले ८ वटा मन्त्रालय भने आफैसँग राखेका छन् । । नेपाली काँग्रेसले ४ जना मन्त्री पठाउन वाँकी रहेको छ भने जनमत पार्टिले खानेपानी मन्त्रालय दिएकोमा असन्तुष्ठी जनाएको छ । राज्यमन्त्री सहित २५ जनाको क्याविनेटमा अव ८ जना मन्त्री थपिएपछि मात्रै मन्त्रीमण्डलले पूर्णता पाउनेछ ।