पोखरा, आाषढ २७ ,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवन संगिनी एवं नेकपा माओवादी केन्द्रका सल्लाहाकार सीता दाहलको आज विहान उपचारको क्रममा ६९ वर्षको उमेरमा निधन भएको छ । दाहालको आज विहान ८.३३ वजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको अस्पतालले विज्ञप्ती जारी गर्दै जनाएको छ । आज विहाननै सीतालाई उपचारका लागि काठमाण्डौको थापाथली स्थित नर्भिक अस्पताल लगिएको थियो । दाहाल लामो समयदेखि पार्किन्शन टाईपको रोगवाट ग्रसित भई उपचारत थिईन् ।
स्व दाहालको आजै दाहसंस्कार गरिने प्रधानमन्त्रीको सचिवाललयले जनाएको छ । दहालको सवलाई अन्तिम श्रद्धाञ्जीलका लागि ११ वजे देखि १ वजे सम्म नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने र दिउसो २ वजे आर्यघाटमा अन्तिम संस्कार गरिने सचिवालयले जनाएको छ । यसै विच स्व. दहालको निधन प्रति सभामुख देवराज घिमिरे, विभिन्न राजनितीक दलका नेताहरुले विज्ञप्ती जारी गर्दै दुख ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री पत्नी दहालको निधनमा शोक ब्यक्त गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।