पोखरा फाल्गुण १९,
वर्षादको समय नजिकीदै गर्दा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन गाहामगरले गण्डकी प्रदेशका सुरक्षा अधिकारीहरुसंग आगामी वर्षादमा आउन सक्ने बाढी पहिरो तथा प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र आकस्मिक उद्धारबारे छलफल गरेका छन् । विहिवार वग्लुङ पुगेका मन्त्री गाहा मगरले सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा बागलुङ नगरपालिका २ स्थित कालीगण्डकीमा आयोजित जल दुर्घटना उद्धार नमुना अध्यास कार्यक्रमलाई समेत संवोधन गरेका थिए ।
विपद् व्यवस्थापन सम्बन्धि छलफलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी वायव महानिरीक्षक बुद्धिराज गुरुङ, सशत्र प्रहरीका गण्डकी प्रदेश प्रमुख सशत्र प्रहरी नायब महानिरिक्षक शम्भु सुवेदी, नेपाली सेना पश्चिम पृतना विजयपुरका पृतनापती दिपक कुमार बाँनिया बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गोणेश प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।
जल दुर्घटना उद्धार नमुना अध्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले सुरक्षाकर्मीहरुको मनोबल उच्च वनाउनुपर्ने वताएका छन् । राष्ट्रसेवकहरुको मनोबल उच्च बनाउने कुरामा आफुले कन्जुस्याई नगर्ने र आवश्यक साधन र स्रोत जुटाउने कुरामा सकारात्मक रहेको वताए । मन्त्री गाहामगरले राष्ट्र र जनताको पक्षमा सिमित स्रोत तथा साधनको प्रयोगमा कार्यसम्पादन गर्ने सुरक्षाकर्मीहरुको योगदानको मूल्याङ्कन हुने वताए । आन्तरिक मामिला मन्त्रालयद्वारा उद्धार अभ्यासका लागि विनियोजित बजेट यथेष्ट नभएको बताउदै आगामी दिनमा विपद् व्यवस्थापन सम्बन्धि थप तालिमको व्यवस्था गर्ने मन्त्री गाहाले वताए ।