पोखरा, असोज ६,
पोखरा महानगरपालिकाले गठन गरेको फिर्केखोलाकोे खोलाघर नापजाँच समितिले फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन पोखरा महानगर पालिकालाई वुझाएको छ । प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले फिर्केखोलाकोे खोलाघर नापजाँचप्रतिवेदन–२०८०” नगर प्रमुख धनराज आचार्य, उप प्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई शनिवार वुझाएको पोखरा महानगरपालिकाले जनाएको छ । सो अवसरमा फिर्के खोला संग जोडिएका वडानं २का का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग, वडा नं ४का देवकृष्ण पराजुली, वडा नं ५ का विष्णु प्रसाद बराल, वडा नं ६ का विष्णु बहादुर भट्टराई, वडा नं ७ का राममोहनआचार्य, वडा नं ८ का रुद्रनाथ बराल, वडा नं १७ का राधिकाकुमारी शाही योगी वडा नं १८ का र शिवप्रसाद तिमिल्सीना सहभागिता रहेको थियो ।
प्रतिवेदन बुझ्दै प्रमुख आचार्यले फिर्के खोलाका सम्बन्धमा प्राविधिक नापजाँच सहितको एक महत्वपूर्ण दस्तावेज तयार भएको वताउदै प्रतिवेदनले खोलाघर माथीको अवस्था देखाइदिएको र यसको कार्यान्वयनका सम्बन्धमा महानगरपालिकाको कार्यपालिकामा आवश्यक छलफल गरि उपयुक्त निर्णय लिईने वताए । सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरि फिर्के खोलामा वनेका संरचना हटाएर दिगो पर्यटन विकास परियोजना अन्तरगत यसको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको उद्देश्य सहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने समेत वताए । सो अवसरमा उपप्रमुखमन्जुदेवी गुरुङले फिर्केखोलामाथी बनेका संरचनाहरु हटाउने कार्यमा आम पोखरेलीहरुको साथ र सहयोगको अपेक्षा व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सार्वजनिक सम्पतिको दोहनलाई रोक्दै संरक्षण तथा विकासका गतिविधिहरु संचालन गरिने वताए ।
समितिका संयोजक वासुदेव पौडेलले खोलाघर माथी स्थायीदेखी अस्थायी प्रकृतिका १६० संरचनाहरु निर्माण गरेको पाइएको जानकारी दिदै फिर्के खोलानै मिचेर ९७ वटा अस्थायी संरचनाहरू र ३५ वटा स्थायी संरचनाहरू निर्माण गरेको पाइएको र खोलामाथी १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरु निर्माण गरिएको पाईएको वताए ।

साबिक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं.१८,२,४,५,७,८,६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुललम्बाइ ८ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको ,खोलाको उचाइ ४ देखी ९ मिटरसम्म गहिरो रहेको नाप जाँचका क्रममा पाइएको महानगरपालिकाले जनाएको छ । फिर्केखोलाको प्राविधिक नाप जाँच पछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरि ५८८ सिमा स्तम्भहरु गाडिएका छन् । प्रतिवेदनअनुसार फिर्के खोला माथि २५ वटा पुलतथा कल्भर्टहरु रहेका छन् । यसको नाप जाँच कार्य ३२ दिनसम्म २८८ घण्टामा सम्पन्नगरिएको महानगरपालिकाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।