पोखरा ,जेष्ठ ९
पोखरा महानगरपालिकाको महत्वपूर्ण सम्पदाको रुपमा रहेको फिर्के खोला जो महानगरपालिकाको विच भागवाट वग्दछ । फिर्के खोला प्रदुशित मात्रै छैन यसको अतिक्रमण, आसपासमा रहेका वुट्यान, झाडी तथा फोहरले यसको अस्तित्वनै लोप हुने खतरा रहेको छ । यस भन्दा अगाडि पनि पटक पटक फिर्के खोला सफाई गरिएको भएपनि ति अभियानहरु प्रयासको रुपमा मात्रै रहेका थिए । फिर्के खोलाको संरक्षण गर्ने दाईत्व वोकेको पोखरा महानगरपालिकाले पनि यसको उचित रुपमा संरक्षण गर्न सकेको छैन । यसको दाया वाँयाको मापदण्ड कति हुने भन्नेमा पनि महानगरपालिकाले हाल सम्म यकिन गर्न सकेको छैन । फिर्केको मापदण्ड कायम गर्ने कुरालाईपनि विगतको चुनावको वेला दलीय एजेण्डा वनाईयो भने भोटको आशामा मापदण्ड घटाउने सम्मका कामहरु पनि भए । पोखरा महानगरपालिकाले यसको मापदण्ड तोकेरै जाने रणनिती लिएको भएपनि हाल सम्म तोक्न सकेको छैन । बिभिन्न वाहाना र शक्ति केन्द्रहरुको आडमा फिर्के खोला वग्ने मुहान देखि विभिन्न ठाँउमा अतिक्रमण भएको छ । तथापि महानगरपालकिाले ति अतिक्रमित संरचना भत्काउने आँट गर्न सकेको देखिदैन । केही पहुचवाला ब्यक्ति तथा सामाजिक संघ संस्था लगायतले फिर्के खोला अतिक्रमण गरेको कुरा महानगरपालिकालाई समेत जानकारी छ तर महानगरपालिकाले आँखा चिम्लेको देखिन्छ । कही कही त फिर्के खोला माथिनै संरचना समेत वनाईएको छ । फिर्के खोलाको मापदण्ड निर्धारण गर्ने र फिर्के खोलाको दाँया वाँया साईकल लेन तथा फुट ट्रयाक निर्माण गर्ने र पर्यटकीय आकर्षणको रुपमा विकास गर्ने कुरा वेलावेलामा उठ्ने गरेको छ र सेलाउने गरेको पनि छ ।
ढिलै भएपनि पोखरा महानगरपालिकाले फिर्के खोलाको सफाई एवं संरक्षण गर्ने गरि अभियान थालेको छ । यसै क्रममा आज फिर्के खोला आएर फेवातालमा मिसिने स्थान गाईघाटमा एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्के खोला सफाई एवं संरक्षण अभियानको शुभारम्भ गरेका छन् । सो अवसरमा प्रमुख आचार्यले अभियान १५ गते सम्म रहने र फिर्के खोलाको सुरु अधेरी कुनादेखि गाईघाट सम्म ५ वटा टोली वनाएर निरन्तर सफाई गरिने वताए । सफार्ईमा खटिनेहरुका लागि १० दिनको ईन्सोसेन्सको व्यवस्था गरिएको प्रमुख आचार्यले वताए । १५ गते सम्म दुवै भागको सफाई सकिने र फिर्के खोलाको वास्तविक क्षेत्रफल पनि जानकारी हुने र महानगरपालिकका अमिनलाई नाप जाँचमा पनि सहिज हुने आचार्यले वताए । फिर्के खोला आएर फेवातालमा मिसिने ठाँउमा दूईवटा ताल जस्तो देखिएकोले गाईघाट क्षेत्रको माटो निकालेर वसुन्धरा पार्कमा व्यवस्थापन गरिने भन्दै प्रमुख आचार्यले फिर्के खोला आएर तालमा मिसिने ठाँउमा चेकड्याम वनाईने वताए । चेक ड्याम वनाएपछि फिर्के खोलावाट वगेर आउने फोहर तालमा सिधै नखस्ने प्रमुख आचार्यले वताए । सफाई अधियानमा प्रमुख आचार्य आफै पनि सहभागि भएका थिए । अभियानमा महानगरपालिकका उप प्रमुख मञ्जु देवी गुरुङ, विभिन्न वडाका वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरु महानगरपालिकको सरसफार्ई शाखा लगायत कर्मचारीहरु, ससस्त्र प्रहरी, नेपाली सेना, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।