पोखरा ,
नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले शनिबार पोखरा–२३का विभिन्न स्थानमा घरदैलो गरेका छन् । प्रतिनिधी सभा सदस्य दामोदर बैरागी र प्रदेश सभा सदस्यका उम्मेदवार राजिव पहारीले सो क्षेत्रका जनताहरुसंग मत माग्दै त्यहाँ घरदैलो गरेका छन् । शनिवार उम्मेदवार बैरागी र पहारीले वडा नम्बर २३ स्थित असलचौर,बाम्दी, निर्माने, खोरपाखा लगायतका स्थानमा घरदैलो गरेका थिए । घरदैलोको क्रममा प्रतिनिधि सभाका उमेद्धवार दामोदर वैरागी (पौडेलले) ले मुलुकको विकास निर्मार्ण नेपाली जनताको संमृद्धि र स्थानिय स्तरका जनताको आवश्यकता पुरा गर्न नेकपा एमालेलाई मत दिन आग्रह गरेका थिए । विकासको विकल्प एमाले बाहेक अरु नभएको बताउँदै एमालेलाई मत दिन उनले आग्रह गरेका थिए ।
त्यसै गरि प्रदेश सभा २का उमेद्धवार राजिव पाहारीले एमालेको विकल्प अरु कुनै पनि पार्टि हुन नसक्ने वताए । आफु विगतमा पनि यै क्षेत्रको जनप्रतिनिधि रहेकाले यो क्षेत्रमा गर्न अधुरा रहेका सवै काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।