काठमाण्डौ,वैशाख ७,

बिज्ञापन वोर्डले छापा माद्यमहरुलार्ई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम जेष्ठ १५ गते देखि प्रदान गर्न नसकिने जनाउदै वैशाख ३१ गते क्षेत्रिय हुलाक निर्देशनालयहरु तथा जिल्ला हुलाक कार्यालयहरुलाई निर्णय कार्यान्वय गर्नुहुन भन्दै एक परिपत्र गरेको थियो । लोक कल्याणकारी सूचनाहरुको लागि विनियोजन गरिएको वजेट सकिएको र थप वजेट प्राप्त हुने सुनिस्चितता नभएको भन्दै सरकारले प्रदान गरेको लोककल्याणकारी सूचनानै प्रकाशन नगर्न सरकार मातहतको विज्ञापन वोर्डले निर्देश जारी गरेपछि यसको पत्रपत्रिका सञ्चालकहरुले निन्दा एवं भ्रत्सना गरेका छन् । पत्रपत्रिकाहरुलार्ई लोककल्याणकरी विज्ञापन वापतको रकम उपलव्ध गराउने दाईत्व वोकेको विज्ञापन वोर्डले थप रकम सरकार संग माग गर्नै आफ्नो दाईत्व निर्वाह गर्न नसकि लाचारी प्रकट गर्दै लोक कल्याण्कारी विज्ञापन प्रकाशनमा रोक लगाउने निर्णय गरेपछि बिज्ञापन वोर्ड र त्यसको नेतृत्वकर्ताको लाचारीको छापा माद्यमका सञ्चालकहरुले भ्रत्सना गरेका छन् ।
यसै विच नेपालका आम पत्रकारहरुको प्रतिनिधिमुलक संस्था नेपाल पत्रकार महासंघले विज्ञापन वोर्डको जेष्ठ १५ गते पछि छापा माद्यमहरुलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन प्रकाशनमा रोक लागाएको प्रति गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आर्ईतवार एक विज्ञप्ती प्रकाशित गर्दै बिज्ञापन वोर्डले घापा माद्यमहरुलार्ई प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापन वापतको रकम नपुग भएको कारण देखाउदै जेष्ठ १५ गते सम्म लोककल्याणकारी बिज्ञापनको मात्रै रकम भुक्तानी गरिने भनी मिति २०८०÷१÷३१ गते प्रकाशित सूचना प्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
छापा माद्यमहरुलार्ई निरन्तर रुपमा दिदै आएको लोक कल्याणकारी विज्ञापन प्रणालीलाई समयानुसार थप व्यवस्थित र परिमार्जित गर्दै लैजानुपर्नेमा सूचनानै प्रकाशन गरेर लोक कल्याणकारी विज्ञापन स्थगित गर्ने वोडको यो कार्यले छापा माद्ययहरुलाई थप शसंकित वनाउनुका साथै वोर्डको नियतमाथिनै प्रश्न खडा गरेको महासंघको ठहर छ । कोराना संक्रमणका कारण हाल सम्म पनि विविधि समस्याहरु झेलीरहेका छापा माद्यमहरुलार्ई विभिन्न वहानामा वोर्डले लोककल्याणकारी विज्ञापनमा यस्ता ब्यवधान खडा गर्दा साना लगानी तथा स्वरोजगारमूलक छापा माद्यमहरु थप धरासायी हुने महासंघले ठहर गरेको महासचिव पुरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । लोककल्याणकारी विज्ञापनका सम्वन्धमा वोर्डले जारी गरेको यो सूचना आपत्तिजनक र छापा माद्यमको हित विरुद्ध रहेको रहेको भन्दै महासंघ छापा माद्यमहरुको हित विरुद्ध हुने यस्ता खालका निर्णय लत्काल फिर्ता लिई छापा माद्यमहरुलाई दिने लोककल्याणकारी बिज्ञापनलार्ई निरन्तर गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ महासचिव पुरीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।