पोखरा , पौष २४,
जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषद वैठक पोखरामा शनिवार सम्पन्न भएको छ । मुलुकभरीका ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुख र एक जना महिला सदस्य गरि २३१ जनाको सहभागिता रहेको वैठकको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाल तिमिल्सिनाले गरेका थिए । परिषद वैठकले ७ वँुदे पोखरा घोषणापत्र जारी गरेको छ । घोषण पत्रमा संविधानको धारा २२० मा व्यवस्था भएउअनुसार नेपाल सरकार संग जिल्ला सभा व्यवस्थापन समन्वय समिति ऐन तुरन्तै जारी गर्न माग गरिएको छ । जिल्ला समन्वय समितिका लागि आवश्यक कानून वनाउने अधिकार नेपालको संविधान २०७२को धारा २२० को उपधारा ७ (घ) अनुसार प्रदेश हरुलार्ई रहेको भएपनि अघिल्ला प्रदेश सरकारहरुले जिल्ला समन्वय समितिहरुलाई अधिकार तथा श्रोत साधन दिन नसकेकोले जिससहरुको कार्य सम्पादन कमजोर हुन गएकाले अविलम्व ७ वटै प्रदेशवाट जिल्ला समन्वय समिति सञ्चालन ऐन जारी गर्न माग गरिएको छ । घोषण पत्रमा जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुखलाई राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदानको सुविधा उपलव्ध गराउन माग गरिएको छ । यसै गरि प्रसतावमा जिल्ला सभा कोषमा जिससको आन्तरिक आय जम्मा भएपनि उक्त कोष कार्यविधि वनाई जिल्ला सभालार्य खर्च गर्न पाउने अधिकार प्रदान गर्न माग गरिएको छ । नेपाल सरकारले जारी गरेको समन्वय ऐन कार्यान्वयनका लागि अविलम्व नियमावली जारी गरि जिससको समन्वयलार्य प्रभावकारी वनाउन माग गरिएको छ । त्यसै गरि प्रसतावमा नेपाल सरकारको अनुगमन र मूल्याङ्कन एनमा जिससको प्रष्ट भूमिकाको माग गरिएको छ । सभाद्धारा पारित प्रस्तावमा जिल्लास्तरका विकास , समन्वय, सहजिकरण सम्वन्धि निर्देशन सहयोग समिति, ब्यवस्थापन समितिमा जिल्ला समन्वय समितीले अध्यक्षता गर्न पाउनु पर्ने माग गरिएको छ । परिषद वैठकले सर्वसम्मत रुपमा जिल्ला समन्वय समितिको अध्यक्षमा राजन मेहतालार्ई चयन गरेको छ । त्यसै गरि उपाध्यक्षमा लुम्विनी गौतम, महासचिवमा अशोक कुमार घिमिरे, उप महासचिवमा दिपक कुमार गोतम, र कोषाध्यक्षमा सन वहादुर राईलाई चयन गरेको छ । यसै गरि गण्डकी प्रदेशको अध्यक्षमा कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेल चयन भएका छन् । उपाध्यक्षमा सोम वहादुर जिसी, सचिवमा सरस्वती वगाले, उप सचिवमा खड्गराज सुवेदी, र सदस्यहरुमा शकुन्तला लम्साल, बुना कुमारी रिमाल, विष्णु राम विक, जानकी विक, डिल कुमारी खत्री, लिलादेवी राना आले, सुरेन्द्र गुरुङ, होमनाथ शर्मा, र चिनबहादुर घले चयन भएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।