पोखरा पौष १६,
पोखरा अन्तराष्ट्रिय विमानस्थलको भोली एक भव्य कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पौष १७ गते पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्धघाटन हुने भएकाले पोखरा महानगरपालिकाले उद्धघाटन कार्यक्रमलार्ई भव्य वनाउन तथा उद्धघाटन समारोहमा ब्यापक जनसहभागिता गराउन भन्दै भोली पोखरा महानगरपालिका कार्यलय, महाशाखा कार्यलयहरु, तथा वडा कार्यालयहरु वन्द हुने जनाएको छ । महानगरपालिकका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारतीले एक सूचना प्रकाशित गर्दै पोखरा महानगरपालिका कार्यालय अन्तर्गका शाखा, महाशाख, वडा कार्यालयहरु तथा सवै शिक्षण संस्था मा विदा दिने निर्णय गरिएको जनाएका छन् ।