पोखरा माघ १,
काठमाण्डौवाट पोखराका लागि ६८ यात्रु लिएर उडेको यति एयरलार्ईन्सको ९ एन ए एनसी विमान आज विहान ११ वजेको आसपासमा पोखराको पुरानो एयरपोर्ट पछाडिको सेती खोचमा दुर्घट्ना भएपछि पुरै पोखरा स्तभ्ध भएको छ । माघे सक्रान्तिको दिन पोखराको आकाशमा यति ठूलो दुर्घट्ना भएको खवर सुन्ने वित्तिकै ठूलो संख्यामा पोखरेलीहरु दुर्घट्ना भएको स्थान तर्फ जान सुरु गरिसकेका थिए । विमानमा सवार ६८ जना यात्रु र चलक दलका २ जना गरि विमानमा ७२ जना सवार थिए । दुर्घट्ना ग्रस्त जहाजवाट दिउसो ३.०० वजे सम्म ५५ जनाको सव निकालिएको वताईएको छ । निकालिएका सवहरुलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगिएको र पोष्टमार्टको काम सुरु गरिएको छ । विमानमा १५ जना विदेशी सहित ५३ जना नेपाली नागरिक सवार रहेको नागरिक उड्यन प्रधिकरणले जनाएको छ । उद्धारमा नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी लगायत स्थानियहरु खटेका छन् । विमान गहिरो खोचमा खसेको हुनाले उद्धारमा निक्कै कठिनाई उत्पन्न भएको छ । विमान जलिरहेको कारण विमान भित्रका यात्रु जिवीत रहने संभावना अत्यन्तै कम रहेको वताईन्छ । यसै विच सरकारले यति एयरलाईन्सको विमान दुर्घना भएको शोकमा माघ २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आईतवार विमान दुर्घट्ना पछि वसेको मन्त्री परिषदको आकस्मिक वैठकले माघ २ गते सार्वजनि विदा दिने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।