पोखरा फागुन १०,
पोखरा महानगरपालिका वडा नं. ७ ले आफ्नो वडा भित्र रहेका व्यवसायिक कृषकलाई कृषि सामाग्री वितरण गरेको छ । वडामा रहेका व्यवसायिक कृषकहरुको फार्मलाई अनुगमन गरि उत्पादन र क्रियाशिलताका आधारमा कृषि सामाग्री वितरण गरिएको हो । वितरण कार्यक्रममा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्र रहेका व्यवासायिक किसानहरुको व्यवासायीक सफलता र प्रोत्साहनका लागि सामाग्री वितरण गरेको वताए । वडा नं. ७ लाई दुध तथा तरकारीमा आत्मानिर्भर बनाउन आफुहरु तत्पर रहेको बताउदै यसका लागि मेहनतका साथ लाग्न कृषकहरुलाई आचार्यले आग्रह गरे । व्यवासायिक कृषकका समस्या र माग पुरा गर्दै कृषि पेशमा लाग्न सबैलाई प्ररित गर्ने महानगरको निति रहेको वडाअध्यक्ष आचार्यले वताएका थिए । कृषि संजाल पोखरा ७ का अध्यक्ष पंकज पौडेलले किसानको साथमा कृषि संजाल , वडा र सिङ्गो महानगरनै उभिएको बताउदै अनुगमनका आधारमा हाल सिमित कृषकका लागि मात्र सामाग्री वितरण गरिएको भएपनि आगामी दिनमा उत्पादनमा क्रियाशिलताका आधारमा सबैलाई आवश्यक्ता अनुसारका सामाग्री वडा संगको पहलमा वितरण गरिने वताए । कृषक लक्ष्मी तिमिल्सीना अधिकारीले किसानको साथमा सिङ्गो वडा उभिएकोमा खुसी व्यक्त गर्दै कृषि कर्ममा थप उत्हासित भएर लाग्न हौसला मिलेको वताईन् । हालै सम्पन्न कौशी क्विनका उप विजेता पोखरा ७ निवासी हरि कुमारी श्रेष्ठले कौशी किसानीले आफुलाई तरकारीमा आत्मानिर्भर मात्र नबनाएर कौशीमै खेती गरि व्यवसायिक तरकारी खेती तर्फ उन्मुख हुन प्रेरित गरेको वताए । दैनिक १ सय १० लिटर दुध उत्पादन गर्दै आएका गाई पालक किसान कृष्ण प्रसाद रेग्मीले हाल सम्म कुनै अनुदान नपाएकोमा अहिले आएर वडा मार्फत घाँस पराल काट्ने चाप कटर प्राप्त गरेकोमा खुसी व्यक्त गरे । हाल वडा भित्रका ६ जना व्यवसायिक कृषकको माग र आवश्यक्त्ताका आधारमा पानी टेकीं , टनेल प्लाष्टिक र चाप कटर गरि करिब १ लाख २० हजारको सामाग्री वितरण गरिएको वडा सचिव राजेन्द्र पौडेलले जानकारी सो अवसरमा वताएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।