पोखरा बैशाख २१
नेपाल व्यवसायिक कलाकार संघ, कास्कीको शनिवार पोखरामा सम्पन्न भएको भेलाले टेकबहादुर पुनको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संघको उपाध्यक्षमा रुबिन क्षेत्री , सचीव उज्वल नेपाली, सहसचीव दिलिप बोहोरा, तथा कोषाध्यक्ष सन्तोष गोतामे, चुनिएका छन् । त्यसैगरी कार्यसमिती सदस्य हरूमा भुवन गुरुङ्ग, हरिनारायण श्रेष्ठ, शेरबहादुर राई, राजु भुजेल, विजयकुमार राई र कुलप्रसाद बस्ताकोटी छानिएका छन् । सल्लाहकारहरुमा तिर्थराज सुवेदी र शरण ताम्राकारलाई मनोनित गरिएको छ ।
भेलामा नेपाल व्यवसायिक कलाकार संघका केन्द्रीय महासचिव बाबुराम बस्ताकोटी, पूर्व केन्द्रिय महासचीव तथा केन्द्रिय संगठन विभाग प्रमुख तिलक पुन तथा केन्द्रिय सदस्य प्रेम बिक लगायतले व्यवसायिक कलाकारको हक हित संरक्षण अधिकारका विविध विषयमा आआफ्ना भनाई राखेका थिए ।
संघको राष्ट्रिय महाधिवेशन यही बैशाख २७ गते ललितपुरमा आयोजना गरिएको बताईएको छ ।