पोखरा, वैशाख २८,
नेकपा एकिकृत समाजवादी निकट मोर्चा संगठनहरुले नक्कली भुटानी शरणार्थी काण्डका सवै अपारधीहरुलाई कानूनी कारवाही गर्न माग गर्दै आज पोखरामा विरोध ¥याली तथा सभाको आयोजना गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका कुनै पनि दोषी उम्कन नपाउन तथा प्रहरी अनुसन्धानलाई राजनितीक दवावमा कमजोर वनाउने काम नहोस् भनेर खवरदारी गर्न आयोजना गरिएको विरोध ¥याली पोखराको पृथ्वीनारायण क्याम्पसवाट निस्केर वगर क्षेत्रको परिक्रमा गरि पुनः पृथ्वीनायण क्याम्पस गेट अगाडि आएर कोण सभामा परिणत भएको थियो । ¥यालीमा सहभागिहरुले नक्कली भुटानी शरणर्थाी प्रकरणका सवै दोषीहरुलाई कारवाही गर, भ्रष्टाचारीहरु होसियार, भ्रष्टाचारीहरुलाइ किरा परोस्, नेकपा एकिकृत समाजवादी जिन्दावाद,खुट्टा नकमाउ सरकार हामी साथमा छौ लगायतका नारा लगाएका थिए ।
¥याली पछिको काण सभालार्ई संवोधन गर्दै युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण कुमार विश्वकर्माले नक्कली भुटानी शरणार्थी प्रकरणको तानावाना वुन्न्ो मुख्य दोषी पत्ता लगाएर कारवाही गर्न सरकारसंग माग गरे । प्रहरीले वारेन्ट पूर्जी जारी गरेका आरोपीलाई लुकार्ईएको भन्दै लुकाउनेहरु माथि पनि कारवाही हुनुपर्ने विकले वताए । बास्तविक भुटानी शरणर्थीको वास्ता छैन अन्य विभिन्न जिल्लावाट नक्कली भुटानी शरणार्थी वनाएर अर्वौको चलखेल गर्नेहरुलाई जनताले चिनीसकेको वताउदै सरकारले त्यस्ता अपारधीहरुलाई तत्काल कारवाही गर्ने उनले माग गरे । नेकपा एकिकृत समाजवादी संग संवद्ध कोही यो प्रकरणमा मुछिएको भए उनिहरुलाई पनि कारवाही गर्न उनले माग गरेका थिए ।
सभामा अनेरास्वीयूका उप महासचिव राजन पराजूलीले कानूनको दूरुपयोग गरेर अपराध गर्नेहरुलाई कुनै पनि मानेमा छोड्न नहुने वताए । भुटानी शरणर्थी प्रकरणमा हाई प्रोफाईल नेताहरुलाई गिरफ्तार गरी अनुसन्धान गरेकोमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिदै पराजूलीले अन्य हाई प्रफाईल अपराधीहरुलाई पनि तुरुन्तै पक्राउ गर्न माग गरे । नेपालमा भ्रष्टाचारका धेरै फाईलहरु दवावका कारण थन्किएको वताउदै ति फाईलहरु खोलेर अपारधीहरुलाई कारवाही गर्ने आँट वर्तमान गठवन्धनको सरकारले गर्नुपर्ने पराजूलीले वताए । विकास र संमृद्धिको वाधक भ्रष्टाचारनै भएको भन्दै भ्रष्टाचार विरोधी आन्दोलनमा आफ्नो पार्टि र संगठनले सधै साथ दिने पारजूलीले वताए । अर्का वक्ता अनेरास्वीयू गण्डकी प्रदेश समितिका सचिव सन्तोष अधिकारीले भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्न खोजिए युवा विद्यार्थीहरुले मुलुकभरीनै आन्दोलनको आँधी वेहरी ल्याउने चेतावनी दिए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तुल वहादुर गुरुङ र शारदा प्रसाद सुवेदी, पोलिटव्यूरो सदस्य श्रीनाथ वराल , केन्द्रिय सदस्य कृष्ण नेपाली, रत्ना गुरुङ, लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।