पोखरा वैशाख २०,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी निकट मजदूरहरुको संस्था एकीकृत ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश कमिटीले १३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मजदूर ¥याली, संस्कृतिक कार्यक्रम सहितकोे कार्यक्रम सम्पन्न गरेको छ । सभा हुनु अघि संगठनले पोखराको सृजनाचोकवाट मजदुरहरूका हक हितका नारा अङ्कित प्ले कार्ड र ब्यानर सहितको ¥याली निकालेको थियो । ¥यालीमा विभिन्न क्षेत्रमा क्रियासिल मजदुर अगुवाहरु, नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । ¥याली पोखराको पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमको नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज तुल वहादुर गुरुङले व्यानरमा हस्ताक्षर गरेर उद्धघाटन गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै गुरुङले व्यवस्था परिवर्तन भए पनि गरिब मजदुर तथा शोषित पीडित जनताको अवस्थामा उल्लेख्य परिवर्तन हुन नसक्नु चिन्ताको विषय भएको वताए । मजदूरहरुलाई राज्यले उचित सम्मान गर्नुपर्ने वताउदै गुरुङले अब पनि राजनीतिक दलहरू र तिनका नेताहरूले दलाल नोकर शाही प्रवृत्तिको पक्षपोषण गरेर मजदुर तथा आधारभूत जनताको हितमा काम नगरे निर्णायक सङ्घर्ष गर्ने अवस्था आउन सक्न सक्ने बताए ।
कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले श्रमलाई सम्मान गर्नुपर्ने भन्दै मजदूरहरुले आफुले काम गरेको उचित पारिश्रमिक पाउने वातावरण राज्यले तयार गर्नुपर्र्नेे वताए । अर्का पोलिटव्यूरो सदस्य प्रेम नारायण पौडेलले नेकपा एकिकृत समाजवादी मजदूर वर्गको हितमा रहेको वताए । पोखरा महानगरपालिकाका प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य धनराज आचार्यले मजदुरमैत्री कानुनको निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै पोखरा महानगर भित्र छिट्टै योगदानमा आधारित सामाजिक सुरक्षा नीति लागु गरिने बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका कास्कीका अध्यक्ष खड्ग हमाल, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी, पेसागत महासङ्घ गण्डकीका अध्यक्ष गुमान बहादुर थापा, लगायतले मे दिवसको महत्व र मजदुरहरुको अधिकारका वारेमा वोलेका थिए । एकीकृत ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तिलबहादुर विश्वकर्मा ‘तिलक’ को अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हरि राम धिताल र स्वागत मजदुर नेता मुक्ति गुरुङले गरेका थिए । कार्यक्रममा राष्ट्रिय जन सांस्कृतिक महासङ्घ समाजवादीका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।