पोखरा वैशाख १२,
पोखरा महानगरपालिका वडा नं ३ नारायणस्थानमा रहेको महर्षि गुरुकूल वेद विद्याश्रम परिषरमा बैशाख १३ गते देखि १८ गते सम्म शिव महिमा सहितको श्री लिङ्ग महापुराण ज्ञान यज्ञ २०८२ हुने भएको छ । सो अवसरमा गुरुकूल वेद विद्याश्रम परिषरमा निर्माण भएका शिव पाञ्चायन मन्दिर एवं यज्ञशाला र गायत्री मन्दिरको प्राण प्रतिष्ठा समेत सम्पन्न गरिने आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिईयो । ज्ञान यज्ञमा आश्रम तथा गुरुकूलका प्रमुख संरक्षक श्री १००८ स्वामी रामानन्द गिरीजी महाराजले प्रवचन दिने महार्षि गुरुकूल वेद विद्याश्रम नारायणस्थानका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए । ज्ञान यज्ञको पूर्व सन्ध्यामा वैशाख १३ गते विहान ८ वजे कलश यात्रा सहित रथयात्रा हुनेछ । त्यसै गरि १४ गते ज्ञान यज्ञ एवं मन्दिरको प्राण प्रतिष्ठा प्रारम्भ हुने, वैशाख १७ गते मूर्ति प्राण प्रतिष्ठा तथा साँझमा महाआरती तथा वैशाख १८ गते पूर्णाहुती, दानदाता सम्मान एव्म यज्ञको समापन हुने अध्यक्ष पौडेलले वताए । ज्ञान यज्ञमा श्री लिङ्गमहापुराण पाठ परायण, मूर्ति प्राण प्रतिष्ठा,लधु रुद्राभिषेक,वेद पाठ,सप्तशती पाठ परायण र व्रम्ह गायत्री हवन हुने अध्यक्ष पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यज्ञ सम्पन्न गर्न ब्रम्हाचार्य आश्रम तथा महार्षि गुरुकूल वेद विद्याश्रम नारायणस्थानका अध्यक्ष रामचन्द्र पौडेललको संयोजकत्वमा मुल आयोजक समिती र सल्लाहाकार समिति लगायतका विभिन्न उप समितिहरु गठन गरिएको प्रचार प्रसार उप साितिका संयोजक तथा महार्षि गुरुकूल वेद विद्याश्रम नारायणस्थानका उपाध्यक्ष महेश पराजूलीले वताए । यज्ञको प्रमुख सल्लाहाकार गुरु प्रसाद सुवेदी, सल्लाहकारहरुमा पूर्व सांसद शुक्रराज शर्मा, संविधान सभा सदस्य शारदा पौडेल, विसिष्ट संरक्षक डा. सुरेश काफ्ले, पुण्य प्रसाद तिमिल्सिना, बेदनिधि शर्मा अधिकारी, रामजन केसी, डा. भोला नारायण रेग्मी, कानूनी सल्लाहाकार सुकदेव गौतम, र प्राविधिक सल्लाहाकारमा ई दिपक वराल रहेका छन् ।
पोखरा क्षेत्रकै पहिलो गुरुकुलको रुपमा रहेको महार्षि गुरुकूल वेद विद्याश्रमको स्थापना आवाल व्रह्मचारी वालकृष्ण सुवेदीले विसं १९९६ सालमा गरेका थिए । यो विद्याश्रमको प्रेरणवाट मुलुकका विभिन्न ठाँउमा समेत हाल विद्याश्रम सञ्चालन भईरहेका छन् । हाल यो बिद्याश्रममा ३५ जना विद्यार्थीहरु आवासीय रुपमा अध्यन गर्ने गरेको र एसईई परिक्षमा पाचौ व्याचले परिष्क्षा दिएको अध्यक्ष पोडेलले वताए । गत वर्ष ८ जना विद्यार्थीहरुले परिक्षा दिएकोमा ८ जनानै उतिर्ण भएको समेत सो अवसरमा जानकारी गराईयो । गुरुकुल सञ्चालन गर्न सरकारवाट वार्षिक रुपमा १० लाख अनुदान आउने गरेको भएपनि ८ जना शिक्षक र विद्यार्थीहरु गरि ५० जनालाई आवासीय रुपमा राख्नुपर्ने , शिक्षहरुको तलव र भोजनको समेत प्रवन्ध गर्नुपर्ने भएकाले गुरुकुल सञ्चालन गर्न कठिन भईरहेको गरुकुलका अध्यक्ष एवं सञ्चालक समितिका सदस्यहरुले वताए । सो कथा प्रवचन एवं ज्ञान यज्ञमा सञ्चालित अनुष्ठानहरुमा सहभागि भई पुण्य लाभ लिन अध्यक्ष पौडेलले सवैमा अनुरोध गरेका छन् ।
ब्रम्हाचार्य आश्रम तथा महार्षि गुरुकूल वेद विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्ष्तामा भएको पत्रकार भेटघाट कार्यक्रममा समितिका उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक महेश पराजूली, यज्ञका सञ्चालक पुण्यप्रसाद उपाध्याय,सचिव शान्तिदेवी पराजूली , सदस्य कृष्ण प्रसाद सुवेदी र पत्रकार कृष्ण प्रसाद वास्तोलाले मन्तव्य व्यक्त गरेका थिए ।
