नवौँ राष्ट्रिय खेलकुदप्रतियोगितामा सहभागीहुने पोखरा महानगरपालिकाका खेलाडीहरूलाई बुधवार एक कार्यक्रमका बिच सम्मान सहितजितको शुभकामनाव्यक्तगरिएको छ । पोखरा महानगरपालिकाकाप्रमुखधनराजआचार्य सहितउपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुखकार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल पदाधिकारी, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङ लगायतको उपस्थितिमा १५० बढी खेलाडीहरूलाई सम्मान सहितशुभकामनाव्यक्तगरिएको हो ।

महानगर खेलकुदविकास समितिले आयोजनामा गरेको उक्तकार्यक्रममा खेलाडीहरूलाई शुभकामनादिँदै प्रमुखआचार्यले प्रतियोगितामापदकप्राप्त गर्ने खेलाडी नगद सहित सम्मानगरिने जानकारी दिनुभयो ।“यस प्रतियोगितामा सहभागीहुने खेलाडी साथीहरूलाई जितको अग्रिमशुभकामना छ, ‘उच्चमनोबलका साथआफ्नो खेल कौशलअनुशासनपूर्वक प्रस्तुत गर्नुहोला, उहाँले भन्नुभयो, तपाँईहरुले कुनै पनि खेल वाविद्यामापदकप्राप्त गर्ने बित्तिकै महानगरपालिकाको तर्फबाट विशेष पुरस्कार प्रदान गर्ने व्यवस्था समेत हामीले गरेका छौँ ।” पोखरा महानगरपालिका खेलाडीहरूको साथमा रहेको उहाँले बताउनुभयो ।

पोखरा महानगरवासी खेलाडीहरूको नेतृत्वमा गण्डकी प्रदेशले प्रतियोगिताको ऐतिहासिक ट्रफी माथिआफ्नो नामको इतिहास कोर्ने विश्वास समेत प्रमुखआचार्यले व्यक्त गर्नुभयो ।“नेपाली खेलकुदको इतिहासमापहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले १० किलो चाँदी र २ टोला सुनको सुन्दर ट्रफी निर्माण गरेको छ, हालत्यो नेपालप्रहरीको सुरक्षामाप्रदेश प्रहरी कार्यालयमा राखिएको छ, उहाँले भन्नुभयो, ‘प्रतियोगिताको समापनमाप्रधानमन्त्रीको हातबाट यो ट्रफी विजेताप्रदेशलाई प्रदानगरिने छ, त्यो प्रदेश गण्डकी बनोस्, मेरो शुभकामना छ ।” गण्डकी प्रदेशको तर्फबाट प्रतियोगितामा सहभागीहुने पोखरा महानगरपालिकाका खेलाडीहरूले सबैभन्दा धेरै पदकहरू हतपार्नेमाआफू विश्वस्त रहेको प्रमुखआचार्यले बताउनुभयो ।

३९ वर्ष पछि पोखरामाहुनगइरहेको यस प्रतियोगितामापोखरा महानगरपालिकाका २ सय बढी खेलाडीहरूको सहभागिता रहने महानगर खेलकुदविकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार ती खेलाडीहरूले २६ बढी खेलहरूमाप्रतिस्पर्धा गर्नेछन् । यसअघि २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुदप्रतियोगिता गण्डकी प्रदेश (तत्कालीनपश्चिमाञ्चलविकास क्षेत्र) माभएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।